नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछार दुई चरण गरि मनाउने….

दोहा कतार – नेपाल प्रवासी तामाङ समाज कतारले नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङहरुको महान चाड ( ह्योई ल्हो (तावार,बिरालो) वर्गको बिदाई र डुक ल्हो (मु पुख्री) गडुल वर्ग लाई स्वागत) गर्दै मञ्जूश्री सम्वत् २८६० सोनाम ल्होछार डुक ल्हो (मु पुख्री) गडुल वर्गको शुभ अवसरमा आयोजित कार्यक्रम आगामी फेब्रुअरी -१६ र २३ गरि दुई चरणमा गर्ने भएको छ।

पहिलो चरणको कार्यक्रम ‘‘तामाङ संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं, तामाङ जातिको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नारालाई आत्मसाथ गर्दै प्रमुख वक्ताको रुममा नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतविद तथा अनुसन्धान कर्ता अजितमान तामाङ ज्यूको विशेष अतिथ्यमा सोनाम ल्होछार के हो ? ल्होछार किन र कसरी मनाइन्छ ? भन्ने कुरा अबको भावी पुस्तालाई बुझाउने उदेश्यका साथ तामाङ संस्कार र संस्कृति अन्तर्गत ल्होछारको महत्व सम्बन्धी प्रशिक्षण तथा शुभकामना अदान–प्रदान कार्यक्रम १६ फेब्रुअरी – २०२४ शुक्रबार प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा मनाउने छ भने यो चरणको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले बताएको छ।

त्यस्तै दास्रो चरणको कार्यक्रम २३ फेब्रुअरी २०२४ शुक्रबार गैरआवासीय नेपाली तारा -२०२३ को गायन विधाका विजेता रुस्तम तामाङ र नृत्य विधाका उपविजेता सरोज लामा कान्छाको विशेष प्रस्तुति सहित तामाङ जातिको संस्कार–संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रम भने सहानिया स्थित अल दोसारी जु गार्डेनमा हुने तालिका रहेको सस्थाका अध्यक्ष सुवास तामाङले जनता खबरलाई जानकारी गराएका छन ।

२३ तारिक अल दोसारीमा हुने कार्यक्रममा जान आउनको लागि विभिन्न स्थानबाट यातायातको पनि सुबिधा भएकोले कतारमा रहेका सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ दिदिबहिनीहरु उपस्थित भएर कार्यक्रम सफल बनाइदिने अपेक्षा सहित उपस्थितिको लागी तामाङ समाजले अनुरोध पनि गरेको छ।

सम्बन्धित समाचार