जनउद्धार केन्द्र मलेसियाकाे पहलमा प्यारालाइसिस बिरामी शिव प्रकाश थारु लाई  उद्धार गरी  स्वदेश फर्कायो 

जनउद्धार केन्द्र मलेसियाकाे पहलमा बारबर्दिया १ बर्दियाका ४० बर्षिय शिव प्रकाश थारु , प्यारालाइस बाट ग्रस्त भै बिगत तीन महिना देखि ओछ्यान थल्लिएका थिए , उनको जनउद्धार केन्द्र मलेसियाले उद्धार गरि घर स्वदेश पठाएको छ ।

 

थारु बिगत लामो समयदेखि अबैधानिक रुपमा मलेसियाको पेनाङ्ग स्थित एक सेक्युरिटी गार्ड कम्पनिमा काम गर्दै आइरहेका थिए ।  कागजात बिहिन अबस्थामा रहेका उनलाई अस्पताल भर्ना गरेर उपचार गराउन सम्भावना नभएपछि केन्द्रले आबस्यक कागजात बनाउन नेपाली दूतावास मलेसिया सँग सहकार्य गरी  बिरामीले जतिसक्दो छिटो स्वदेश फर्कन पाए बाँकी उपचार नेपाल गएर गर्ने मनसाय ब्यक्त गरे , दूतावासले पनि यथासिघ्र ट्रावल डकुमेन्ट उपलब्ध गराएपछि , उनलाई सकुसल नेपाल फर्काउन सफल भएका हुन्  ।

एक त उनी बैधानिक कागजात बिहिन थिए त्यसैमाथी उनिसंग कोभिड भ्याक्सिन को प्रमाण समेत नहुदा मलेसियाको अध्यागमन बाट प्राप्त हुनुपर्ने कागजहरुको प्रक्रिया निकै लामो र झन्झटिलो बनेको थियो, यसको बाबजुद सम्पूर्ण प्रक्रिया मिलाएर  हिमालय एअरलाइन्स मार्फत १५/०२/२०२४ मा को उडानमा नेपाल पठाउन सफल भएको कुरा केन्द्रका अध्यक्ष केशु थापाले जानकारी गराउनु भएको छ ।

 

 शिव प्रकाश थारुलाई नेपाल पठाउन पेनाङ्ग देखि केन्द्रका कोषाध्यक्ष बिरस पुन KLIA सम्म  आफै जानुभएको थियो भने समाजसेवी बलराम घिमिरे ज्यु ले विभिन्न समयमा प्राबिधिक सहयोग गर्दै आउनुभएको छ । उनको साथमा अन्य दुइजना साथीहरू समेतलाई साथै पठाइएको छ ।

बिरामी सकुसल नेपाल पुगेका छन , उनलाई  जनउद्धार केन्द्रका संरक्षक तथा बरिस्ठ हास्य अभिनेता मनोज गजुरेल लगायत ले त्रिभुवन बिमानस्थलमा रिशिभ गरि आफन्त को जिम्मा लगाएका छन । थारुलाई हाल वीर अस्पताल भर्ना गरि उपचार अगाडि बढाइएको कुरा उनका परिवारले जनउद्धार केन्द्र लाइ जानकारी गराएका छन ।

सम्बन्धित समाचार