सर्जक कुमार परियार र गायिका प्रतिज्ञा न्यौपानेको लोक दोहोरी गीत “बन्दुक एक नाले” सार्वजनिक……

दोहा कतार – नेपाली साँङ्गीतिक बजारमा लोक सर्जकको रुपमा परिचित नाम हो कुमार परियार, धादिङमा जन्मिएका कुमारले नेपाली गीत संङ्गीतलाई निरन्तरता दिने क्रममा गायिका प्रतिज्ञा न्यौपानेसङ्गको सहकार्यमा फेरि एउटा उत्कृष्ट गीत “बन्दुक एक नाले” बिश्व साँङ्गीतिक आकाशमा सार्वजनिक गरेका छ्न ।

कुमार आफैले शब्द संङ्गीत भरेका उक्त गीतलाई सुदिप फिल्डरले संङ्गीत समायोजन गरेका छन भने लोक प्रिय लोक तथा दोहोरी गायक रेशम निर्दोष र प्रतिज्ञा न्यौपानेको सुमधुर आवाजलाई स्टुडियो मालाश्रीमा राजेन्द्र बाजुरालीले रेकर्ड र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन।

चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका गीतको भिडियोमा पछिल्लो समय अत्यन्तै रुचाइएको मोडेल ओबी रायमाझी र मोडल नारायणी खत्रीको उत्कृष्ट (रोमान्टिक) अभिनय हेर्न सकिने भिडियोलाई अझै आकर्षक बनाउन प्रकाशलाई राजाराम सिम्खडाले सघाएका थिए।

सुदिप फेल्डर (sudeep felder) नामक युटुब च्यानल मार्फत बजारमा आएको गीतको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन भने टेकेन्द्र शाहले कलर तथा सम्पादन गरेका हुन ।

भिडियोमा गाउले परिवेशको जिस्किदै ठट्टा गर्दा गर्दै लगाइने निस्वार्थ र चोखो माया पिरतीको कथा वस्तुलाई रमाइलो र सरल तरिकाले प्रस्तुत गरिएको छ । कुमारले यस अघि पनि मै राम्री, म दुखिको आँशु, गाजलैको धर्को, वनमा जरायो, मादलुको तालैमा, पिरतिको गाउँमा, मायाले बिगार्यो, के गर्दैछौ लगायतका अरु थुप्रै गीतहरुमा उत्कृष्ट शब्द भरिसकेका छन ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

भिडियो हेरिसके पछि कस्तो लाग्छ मनमा लागेको कुरा कमेन्टमा लेखिदिनु होला ।।

सम्बन्धित समाचार