पानी धाराको अपार सफलता पछि गायक चन्द्र बिसीले फेरी बजारमा ल्याए अर्को उत्कृष्ट दोहोरी गीत “पोखराको बसमा”……

दोहा कतार – करिब एक वर्ष अघि पानी धाराको नामक मौलिक लोक दोहोरी गीत बजारमा ल्याएर एका एक चर्चामा आएका गायक चन्द्र बिसीले अहिले फेरि त्यस्तै एउटा उत्कृष्ट गीत ‘पोखराको बसमा’ बिश्व साँङ्गीतिक बजारमा सार्वजनिक गरेका छन।

सर्जक तथा संङ्गीतकार दिवान किनार र चन्द्रकै शब्द, दिवान किनारको संङ्गीत तथा संङ्गीत समायोजनमा चन्द्र बिसी र जमुना थापाको सुमधुर स्वरमा सजिएको गीत एम.बि रेकर्डिङ स्टुडियोमा दिवान किनार र राज खड्काले रेकर्ड गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ दिवान आफैले गरेका हुन।

रुपि सिन्जाली मगर, प्रेमा थापा मगर, शान्ति खड्का, दिवान किनार र अम्बर राना मगरले कोरसमा आवाज भरेका यो गीतको हुकलाइन पार्ट पनि सङ्गीतकार दिवानले नै गाएका हुन।

टिपिकल शब्द संङ्गीतमा बनेको सदाबहार चल्ने नेपाली मौलिक लोक दोहोरी यो गीतको प्राबिधिक पाटोको अधिकांश काम गरेका दिवानले नै भिडियो निर्देशनमा पनि आफ्नो अब्बल खुवी देखाएका छ्न। उनले सनम आले मगर, भुवन थापा मगर मार्चो, सिरु थापा मगर, मनिषा मगर, अञ्जली थापा मगर, पुस्पा मगर ‘काउलीबुढी’, विकास थापा, देब मगर, अविषेक गुरुङ, सविता थापा मगर, बालकृष्ण थापा मगर, मनिष थापा मगर, मुना गुरुङ, मीन गुरुङ लगायत करिब दुई दर्जन कलाकारलाई आकर्षित तरिकाले अभिनय गराएका छ्न ।

शम्भु चालिसेले उत्कृष्ट छायांकन गरेका यो गीतको भिडियोमा नृत्य कोरियोग्राफर सर्जन थापा मगरले प्रिया सिमल मगर, सुमिना गुरुङ, रोशनी रहपाल र मोनिका सारु मगरलाई सुन्दर पहिरनमा सु-सज्जित बनाएर नचाएको देख्न सकिन्छ भने भिडियो सम्पादन र कलर सुजन कोइरालाले गरेका हुन।

तनहुँको आबुखैरेनीमा दृश्य निर्माण गरिएको यो गीतको शब्दमा नयाँ र भिडियोमा पुरानो नेपाली मौलिकपन झल्किएको भान गर्न सकिन्छ। भिडियो दिवान किनार (Diwan Kinar) नामको युटुब च्यानल मार्फत शनिबार देखि बजार आइसकेको छ भने यो समाचार तयार हुँदासम्म ३३ हजार भन्दा धेरै दर्शकहरुले भिडियो हेरिसकेका छन।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

सम्बन्धित समाचार