पियारी’मा अमर राई र माया मगरको अभिनय हेर्नुस् (भिडियो सहित)

काठमाडौं : संगीतिक छेत्रमा सक्रिय गायक अमर राईको मिठो स्वरमा सजिएको ‘पियारी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

 

जानू काम्बाङ लिम्बुको उत्कृष्ट शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा संगीत संयोजन सबिन लिम्बुको रहेको छ । गीतलाई अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

 

केदार राईको लगानीमा तयार पारिएको गीतको भिडियो उनै गायक अमर राईको आफ्नै अफिसियल युट्युब च्यानल Amar Creation मार्फत सार्वजनिक गरिएको छ ।

 

हङकङको वेस्ट काउलुन पार्कमा छायांकन गरिएको भिडियोमा गायक अमर राई र मोडल माया मगरको अभिनय देख्न सकिन्छ । भिडियोमा नृत्य निर्देशन सुकु लिम्बुले गर्नु भएको हो भने भिडियोको निर्देशन, छायांकन र सम्पादन मज्जाको राईले गर्नु भएको हो ।

 

सम्बन्धित समाचार