जैबी चाम्लिङ राईको शब्द सिर्जनामा “नसुसाए हुन्थ्यो” नामको एउटा उत्कृष्ट गीत सार्वजनिक……

 

दोहा कतार – गीत संङ्गीत भन्ने बित्तिकै मन नपर्ने मान्छे दुनियाँमा सायदै हुन्छ्न। रोजाइ आ-आफ्नै हुन सक्छ तर हर कोही मानिसलाई गीत सङ्गीत मन पर्छ र त हरेक दिन फरक-फरक धारको गीतहरु बजार आईरहन्छ्न।

हो यतिबेला फेरि हरेक शब्दले हृदयको कुना कुना हिर्काउने गीत बिश्व साँङ्गीतिक बजारमा सार्वजनिक भएको छ। जैबी चाम्लिङ राईको शब्द, सुमन राईको संङ्गीत तथा संङ्गीत समायोजन र दिपा तामाङको मन्त्रमुग्द बनाउने आवाजमा “नसुसाए हुन्थ्यो” नामको गीत शनिबार सार्वजनिक भएको हो।

एक्सन रेकर्डिङ स्टुडियो (Action Recording Studio) मा रेकर्डिष्ट सुवास कुथुमी राईले रेकर्ड र गोबिन्द सोनिले मिक्सिङ/ मास्टरिङ गरेका गीतको भिडियोमा भने मेनुका प्रधान र मनहाङ लावतीले उत्कृष्ट अभिनय गरेका छ्न ।

किरण चाम्लिङ राईको निर्देशनमा बिकाश गन्धर्वले छायांकन गरेका भिडियो फुटेजलाई अनिल रानाले सम्पादनको साथै कलर गरेका हुन भने भिडियो निर्माण लिजा बोखिम राई (समल) को लगानीमा भएको हो।

गाउँबेशी, भञ्याङ, चौतारी, मेलापात गर्दाको सम्झनामा नितान्त प्रकृति प्रेमी शब्दहरुमा बाध्यताबस अलगिएका एक जोडि प्रेमी प्रेमिकाको कथालाई प्रेमिकाले बिगतको घटना परिघटनालाई सम्झिदै एक्लै हुँदा जिन्दगी रमाइलो नभएको दृश्य भिडियोमा देख्न र बुझ्न सकिन्छ।

सोनाम समल (Sonam samal) नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुनेछ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा थिच्नुहोस

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

भिडियो हेरिसकेपछी कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला ।।

सम्बन्धित समाचार