नव गायक रुस्तम तामाङको पहिलो साङ्गीतिक कोसेली “आमा” सार्वजनिक….

वायु प्रधुशन
nepalijanatakhaba

 

दोहा कतार – नेपाली गीत सङ्गीतको आकाशमा हरेक दिन फरक-फरक नवप्रतिभाहरु सङ्गै नयाँ-नयाँ सिर्जनाहरु पनि बजारमा आइरहेको हेर्न अनि सुन्न सकिन्छ, साङ्गीतिक क्षेत्रको विशाल महासागर कसैले पौडिएर पार गर्न सक्छन भने कोहि बीचमै हराइरहेका हुन्छन।

यहि क्रममा प्रवासबाट फेरि एउटा नबप्रतिभा केही महिना पहिला मात्र कतारमा सम्पन्न गैरआवासीय नेपाली तारा – २०२३ को विजेता बन्न सफल गायक रुस्तम तामाङ आफ्नो पहिलो साङ्गीतिक कोसेली “आमा” लिएर दर्शकहरु माँझ प्रस्तुत भएका छ्न ।

डि.आर राजु बावु श्रेष्ठको शब्द, हरि लम्सालको उत्कृष्ट सङ्गीत तथा सङ्गीत समायोजनमा बनेको “आमा” गीतमा रुस्तमले आफ्नो सुमधुर अवाज भरेका हुन भने गीतको रेकर्ड अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट राजा बाबू चौधरी र दिल समर्पणले गरेका हुन । त्यस्तै गीतलाई मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्राले गरेका छन ।

युवराज वाइबाको कथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा बिगत लामो समयदेखि अभिनयमा प्रखर चर्चित कलाकार हिउवाला गौतम सङ्गै रुस्तम आफै देखिएका छन र उनिहरुलाई बालकलाकार एलेक्स खड्काले साथ दिएका छन । निर्देशकले भिडियोमा आमा र सन्तान बिचको निस्वार्थ मायाको गहिरो भाव बोकेको कथालाई गाउँले परिवेशमा हासो खुशी, पिडा रोदनको बिम्बलाई हेर्दा आकर्षक र रोमान्टिक लाग्ने गरि पर्दामा उतारेका छन ।

निसल पौडेलले छायांकन गरेका गीतको भिडियो लाई बिकास ढकालले सम्पादन गरेका हुन भने निर्देशक वाइबालाई नवीन बिष्टले सघाएका छन गीत ट्युवल्भ नोट्स (Twelve Notes) नामको युटुब च्यानल मार्फत सार्वजनिक भइ सकेको छ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

👇️👇️👇️कमेन्ट तलको बक्समा गर्न सक्नुहुनेछ।👇️👇️👇️

 

nepalijanatakhabar

समबन्धित समाचार