नेपाल राजदूततावास मलेसियाको र सहयोगि दाताको सहयोगमा दुई पिडीतको उद्धार ।

सुरेन्द्र महतो क्वालालम्पुर ,मलेसिया

नेपाल राजदूततावास मलेसियाको र सहयोगि दाताको सहयोगमा दुई पिडीतको उद्धार गरी नेपाल पठाएको छ ।

 

 

मलेसियामा लामो समय देखि अवैधानिक रूपमा बसोबास गरिरहेका दुई पिडीत नेपाली श्रमिक को उद्धार गरि स्वदेश फर्काईएको छ ।

 

उद्धार हुनेमा जाजारकोटका लोकेन्द्र तिरुवा र अम्बर बहादुर सार्की रहेका छन । उनीहरु बाटिक एयरको मार्फतको उडानबाट २७ अप्रिलका दिन स्वदेश फर्किएका छन् ।

 

अम्बर बहादुर सार्कीको उद्धारका लागि अवैधानिक बसोबास गरे बापत अध्यागमनलाई बुझाउनु पर्ने जरिवाना वापतको रकम किरात याक्थुङ चुम्लुङ मलेसियाको सह–कोषाध्यक्ष आशिष लिम्बूले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रदान गरेका छन् ।

 

त्यसैगरि, हवाई टिकट प्रथम सचिव बलीराम धामीको पहलमा नेपाल राजदूतावासले उपलब्ध गराएको हो । त्यस्तै, लोकेन्द्र तिरुवाको उद्धारका लागि मलेसिया गोर्खा एसोसियसनका अध्यक्ष रोशन राना र हवाई टिकट रावाङमा ब्यवसाय गर्दै बस्नु भएका ब्यवसायी प्रकाश खतिवडाले उपलब्ध गराउनु भएको छ।

 

करिब १३ बर्ष अघि ग्लोब कम्पनीमा काम गर्न आएका लोकेन्द्र दुईबर्ष काम गरेपछि कम्पनी छाडेर भागेका थिए । त्यस यता उनी अवैधानिक रुपमा बसोबास गरि काम गर्दै आएका थिए, यद्धपी काम र दामको ब्यवस्थापन गर्न नजान्नले उनी लावारिस झै भएका थिए ।

 

यहाँसम्म कि उनले निखिलको परिचयमा आफ्नो वास्तविक वतन खुलाउने नाम समेत बिर्सिसकेका थिए । वास्तविक नाम थर समेत बताउन नसक्ने अवस्थामा भेटिएका उनलाई पिएनसिसिको मलेसिया प्रतिनिधि पूर्ण लिम्बूले उद्धार गरेका थिए ।

 

त्यस्तै, अम्बर बहादुर सार्की सात बर्ष अगाडी पहिलो पटक मलेसिया आएका थिए । नेपालबाट पठाउदा भनिएको कम्पनी भन्दा फरक कम्पनीमा काम दिएको भएपनि उनले सन्तोष पूर्वक पाँच बर्ष काम गरे दुईछुट्टी नेपाल फर्किए । कोभिड पछि कम्पनी सट भयो ।

 

त्यसपछि उनी कम्पनी छाडेर अवैधानिक बस्न बाध्य भए र पछिल्लो समय काम गर्दै आएको अवस्थामा अचानक स्वास्थ्यमा समस्या भयो कम्पनीले पनि त्यहिबेला कामबाट निकाली दियो आपतको अवस्थामा जाने ठाउँ कतै नदेखेपछि उनी नेपाल राजदूतावासको सरणमा आईपुगेका थिए उनलाई राजदूतावासको सिफारिसमा एनआरएनए मलेसियाले सञ्चालन गरेको सेल्टरहाउसले आश्रय दिएको थियो ।

 

स्वदेश फर्किसकेका उनीहरु दुवैजनाको ट्राभल डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क जारी गरेको हो । भने, कागजी प्रकृया लगायतका सबै किसिमको सहयोग र घरसम्म पुर्याउनने ब्यवस्थापन पिएनसिसिले गरेको छ।

सम्बन्धित समाचार