सिम्रन परियारले गाएकी विजय गौतम र आरती परियारको “माया धोखेबाज” गीतले दर्शकको मन जित्दै….

 

दोहा कतार – नेपाली साङ्गीतिक आकाशमा पुरानो नाम हो विजय गौतम नयाँ तथा पुराना कलाकारहरु सङ्ग थुप्रै सहकार्य गर्दै आफैंले पनि बैँस सापटी, आँधीखोलाको जस्ता सफल गीत गाएर दर्शक श्रोताहरुको मन जिति सकेका गौतमले यो पटक भने निर्माता बनेर केही दिन अघि मात्र एउटा उत्कृष्ट गीत “माया धोखेबाज” सार्वजनिक गरेका थिए।

आरती परियारको शब्द सङ्गीत र सुनिल परियारको सङ्गीत समायोजन रहेको गीत पछिल्लो समय अत्याधिक रुचाइएकी नव गायिका सिम्रन परियारले आफ्नो सुमधुर आवाज भरेकी यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकहरुको मन जित्न सफल भएको छ।

वजोन रेकर्डिङ स्टुडियोमा बिनोद परियारले रेकर्ड, विमल छिनालले मिक्सिङ-मास्टरिङ र कमल भक्तले भिडियो निर्देशन गरेका गीतलए युटुबमा खासै दर्शक पाउन नसके पनि टिकटक लगायतको सामाजिक संजालहरुमा भने उल्लेखनीय दर्शकहरुको रोजाइमा परेको छ ।

पछिल्लो समय साङ्गीतिक क्षेत्रमा निरन्तर काम गरिरहेका सर्जक तथा गायक गौतमले निर्माण गरेका भिडियोमा राेश्नी कार्की, दिप सागर र टीका खड्काको साथमा मनिष परियार, अभिषेक परियार, एलिजा लामा, अभिक कार्की र पुष्पा लामिछानेले उत्कृष्ट अभिनय गरेको देख्न सकिन्छ।

आलमदेबी इन्टरटेन्टमेन्ट (Alamdevi Entertainment) युटुब च्यानल मार्फत ६ दिन अघि मात्र सार्वजनिक भएको गीतको भिडियो करण चैसिरले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका हुन। गीतमा जिवनभर संगै हुने बाचा कसम खाएर जोडिएको मायामा धोका भएपछि मानसिक सन्तुलन गुमाएकी किशोरीको पिडालाई चित्रण गरिएको छ।

गीतको भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

गीत हेरेर तपाईंलाई कस्तो लाग्छ मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ।

 

 

 

 

सम्बन्धित समाचार