मनिपाल राई र सङ्गीता मस्राङ्गी मगरको स्वरमा मिन थापाको ‘तिमी फूल बनेर फुलिदिनु’ गीतको भिडियो सार्वजनिक

 

काठमाण्डौं – अमेरीका निवासी गीतकार मिन बहादुर थापाको आधुनिक गीत ‘तिमी फूल बनेर फुलिदिनु’ एन पि म्युजिक मिडियाको अफिसियल युटूव च्यानलबाट हालै सार्वजनिक गरिएको छ।

बिगत लामो समय देखी गीत लेखनमा सक्रिय रहेका गीतकार थापाले बिभिन्न विधाका गीतहरु सार्वजानिक गरिसकेका छन्। हालै सार्वजानिक गरिएका गीतमाभने माया प्रेममा रमाइरहेका एक मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।

उक्त गीतमा गायक तथा संगीतकार मनिपाल राई र सङ्गीता मस्राङ्गी मगरको स्वर रहेको छ। शब्द रचना गीतकार थापाकै रहेको छ भने संगीत मनिपाल राईको रहेको छ। जस्लाई संगीत संयोजन राजु कार्कीले गरेका छन्। साउड मिक्सिङ् राजकुमार बगरले गरेका हुन्।

भिडियो तर्फ : विजय मगरको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोमा अर्जुन खड्का र सुमित्रा तामाङ फिचर्ड छन् । सो गीतको भिडियोलाई सनम तामाङ्ले छायाँकन गरेका छन् भने, भिडियो सम्पादन अर्जुन खड्काले गरेका हुन्।

हेर्नुस उत्त गीतको म्युजिक भिडियो :

सम्बन्धित समाचार