सङ्गीता मस्राङ्गी मगरको ‘सेवा-झोर्ले’ बाेलकाे गीत सार्वजनिक! ‘भिडियो’

काठ्माण्डौं : सङ्गीता मस्राङ्गी मगरको ‘सेवा-झोर्ले’ बाेलकाे गीत सार्वजनिक भएको छ। हालै सार्वजनिक भएका उक्त गीत राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकालाई एकैठाउँमा समावेस गरी निकै फरक तवरले निर्माण गरिएका छन्।

त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको पाइन्छ, राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको ‘ग्रिटिङ्ग्स वर्ड’ सेवा र मगर समुदायको झोर्लेलाई एउटै फ्रेममा अटाइएको छ ।

किराँत राई र मगर समुदायको मौलीक साँस्कृतीलाई एकसाथ जगेर्ना गर्ने हितुले यस गीतको निर्माण गरिएको निर्माण टिमले बताएका छन्।

यस गीतको शब्द रचना पदम साधना कुलुङ राई र विजय मगरले गरेका हुन् भने संगीत सङ्कलन विजय मगरले नै गरेका हुन्। उक्त गीत पदम राई र सङ्गीता मस्राङ्गी मगरको सुमधुर स्वरमा सजिएको छ।

शो गीतको भिडियोमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् । भिडियो निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ।

यस्तै इडिटरकलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

भिडियो :

सम्बन्धित समाचार