लोक स्वर सम्राट राजु परियारको उपस्थितिमा शुक्रबार कतारमा हुने भयो बृहत लोक दोहोरी धमाका-२०२४ कार्यक्रम….

कतार- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो सातौं बार्षिक साधारण सभाको अवसर पारेर आयोजना गरेको कलाकार राहत कोष स्थापनार्थ बृहत लोक दोहोरी धमाका -२०२४ कार्यक्रम आगामी शुक्रबार अर्थात जुलाई १२ तारिक हुने पक्का भएको छ।

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन” भन्ने मुल स्लोगनलाई आत्मसात गर्दै कतारमा – २०१७ मा स्थापना भएको संस्थाले यो वर्ष भने लोक स्वर सम्राट तथा वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारलाई बिशेष अतिथि कलाकार रुपमा आमन्त्रण गरेको कार्यक्रम संयोजक कृष्ण ढकालले नेपाली जनता खबरलाई जानकारी गराएका छ्न।

कार्यक्रममा राजु परियार सङ्गै कतारमै रहेर कलाकारितामा लागिरहेका करिब दुई दर्जन कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिहरु हेर्न पाइने छ भने नौमती बाजा र प्रत्यक्ष लाइभ दोहोरीको मज्जा पनि लिन सकिने पनि ढकालले बताएका छ्न।

प्रतिष्ठानले कलाकार राहत कोष स्थापनार्थ आयोजना गरेको उक्त कार्यक्रमको लागि दोहामा रहेका सम्पुर्ण संघ संस्था, बैचारिक संस्था, बिशिस्ट ब्याक्तित्वहरु, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, मिडिया तथा पत्रकार कलाकार सबैलाई पत्राचार गरिसकेको र कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी गराएका छन ।

आयोजकले अल लुक्तामा रहेको ट्युनेसियन स्कुलको हलमा बिहान ११:३०० देखि सुरु हुने कार्यक्रममा आउने दर्शकहरुको सुबिधालाई मध्य नजर गर्दै कतारको सनैया ग्रान्डमल, अलत्तिया, उम सलाल, मुन्ताजा पार्क लगायतको ठाउँबाट यातायातको पनि ब्यवस्था रहेकोे बताउनुको साथै उक्त दिन सम्पुर्ण दोहाबासी नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम भव्य रुपमा सफल पारिदिन पनि अनुरोध गरिएको छ।

कार्यक्रमको थप जानकारीको लागि अध्यक्ष शिभराम ढकाल – ७०६१८५१४, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद ढकाल – ७०७२९९२४, द्वितीय उपाध्यक्ष गोबिन्द कटुवाल – ५०३८२०६६, सचिब कृष्ण दर्लामी- ७७६७१९४९, र सह-सचिब बाबू कौशल- ६६६७९१९८ मा सम्पर्क गर्न सकिने छ।

 

 

सम्बन्धित समाचार