एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोर बारुले बार्षिक उत्सव एवम् चियापान कार्यक्रम आयोजना ।

गैर आवासीय नेपाली संघ एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोर बारुले चौथो कार्यकाल को बार्षिक उत्सव एवम् चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

 

आउँदो आइतबार मिति २०२४ जुलाई २१ तारिखका दिन गर्ने भएको हो उक्त चियापान कार्यक्रम बिभिन्न व्यक्ति हरुको उपस्थिति रहने सचिव छविलाल गिरीले जानकारी दिनु भयो।

सार्वजनिक पात्र 

मलेसियाको जोहोर बारुमा रहेका व्यवसाय खेलाडी समाजसेवी बुद्धिजीवी पत्रकार सँगै गैर आवासीय नेपाली संघ एनआरएनए मलेसिया केन्द्र बाट पनि विशिष्ट ब्यक्तिको आथित्यता हुन लागेको समेत उक्त संघले बताएको छ।

 

उक्त चियापान कार्यक्रम आयोजना मलेसियाको जोहोर राज्य स्थित Teega Suites Puteri Harbour ORAYSIA स्थानमा हुन लागेको हो कार्यक्रम दिउँसो १२ बजे देखि ४ बजे सम्म हुने उक्त संस्थाका बरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागी बताउनु भयो।

सम्बन्धित समाचार