आज भाद्र २३ गते मंगलबारको राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल भाद्र २३ गते मंगलबार इस्वी सन् २०२६ सेप्टेम्बर ८ तारिख हो ।

मेष राशिका व्यक्तिहरूले वैदेशिक रोजगारीले जीवनस्तर उकास्न मद्दत गर्नेछ भने यात्राको योग रहेको छ ।

मीन राशिका व्यक्तिहरूका लागि निर्माण सामाग्री, खाद्यान्न, औषधीजन्य सामान तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

आजको पञ्चाङ्ग

 

वि.सं.२०८३ साल भाद्र २३ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, दिउँसो १ बजेर ४८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–तिष्य, बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त अश्लेषा । योग–परिध, रातको २ बजेर १ मिनेट उप्रान्त शिव । करण–तैतिल, दिउँसो १ बजेर ४८ मिनेट उप्रान्त गर, रातको १२ बजेर ४६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट ।

आजको राशिफल

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । सन्तान तथ्य आफन्तसँग मनमुटाब बढ्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि वैदेशिक रोजगारीले जीवनस्तर उकास्न मद्दत गर्नेछ । अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । खानपान वा यात्रामा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ । व्यापारमा उधारो लानेहरू बढ्नेछन् । आफन्त तथा अग्रजहरूसँग घरायसी कुरामा राज बाझिनेछ । अध्ययनमा अरूभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहिनेत गर्नु पर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरू तथा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । प्रेममा अविश्वास तथा शङ्का बढ्ने योग रहेको छ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनू पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । घरपरिवारका इच्छा, आकांक्षा पुरा गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिने तथा राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यावसायिक यात्राको योग रहेको छ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्न सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमी जोडीहरूका लागी समय उत्तम रहेको छ । साँझपख लामो दुरीको यात्राको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नु पूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तर पनि अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखरता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गी प्रतिको आकर्षण बढेर जानेछ । अध्ययन वा कामबाट विश्राम पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न, औषधीजन्य सामान तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । लामो दुरीको यात्राको योग रहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार