गीता ढुंगाना र सागर खनाल फिचर्ड सुमन योञ्जनको ‘ए हावा’ रिलिज

काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ ।
प्रेमिल भावको गीत ‘ए हावा’ को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। गीतलाई क्रिस्टल क्रियसन (Crystal Creation ) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अमेरिका निवासी गीतकार योञ्जनको शब्दमा ‘फिदा’ ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’ ‘कालापानी’ ‘थाहा छैन’ लगायतका म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

सम्बन्धित समाचार