नेपाललाई विपद् पुनःस्थापना र पुनर्निर्माणका लागि मलेसियाद्वारा १० लाख अमेरिकी डलर सहयोग

वायु प्रधुशन
nepalijanatakhaba

मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले आज मलेसियाका परराष्ट्रमन्त्री दातो’ सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनबाट १० लाख अमेरिकी डलरको सहयोग रकमको चेक ग्रहण गर्नुभएको छ।

 

गत २०२६ अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

 

चेक हस्तान्तरणका क्रममा मलेसियाका परराष्ट्रमन्त्री हाजी हसनले बाढीका कारण भएको मानवीय क्षति र व्यापक विनाशप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित नेपालीप्रति समवेदना प्रकट गर्नुभयो।

कार्यवाहक राजदूत बज्राचार्यले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गर्नुभयो।

 

मलेसिया सरकारको यस सहयोगले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

#Nepal #Malaysia #BhoteKoshiFlood #DisasterRelief #NepaliJanataKhabar

nepalijanatakhabar

समबन्धित समाचार