दोस्रो जोहोर कपको टिम दर्ता गर्ने समय अगष्ट १ तारिख देखि खुल्ला….

जेबी युनाइटेड फुटबल क्लब द्वारा दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना हुने यस् अघिनै सार्वजनिक भइसकेको छ आउँदो मिति २०२४ सेप्टेम्बर १५ र १६ तारिख अर्थात् आईतवार र सोमबार खेल हुन लागेको हो।

बिभिन्न बिधामा उत्कृष्ट खेलाडिहरु लाई २ सय रिंगेट सहित सम्मान पनि गरिने अध्यक्ष मान मगरले नेपाली जनता खबर लाई जानकारी दिए पहिलो जोहोर कप गरेको अनुभव सहित भब्य रुपमा सफल पार्ने दाउँमा छन् अध्यक्ष मगर टिम दर्ता शुल्क २५ सय रिंगेट तोकिएको छ आयोजक टिमले।

प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने दोस्रो विजेताले ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेताले ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

 

टिम दर्ता गर्ने समय अगष्ट १ तारिख देखि खुल्ला गरिएको अध्यक्ष मन मगरले जानकारी दिनु भयो टिम दर्ता खुल्ला रहने सेप्टेम्बर १० तारिख सम्म रहने सम्म जानकारी दिनु भएको छ खेल गोल नेपाल बाट प्रतक्ष लाईभ हुने पनि आयोजक टिमले बताएको छ।

खेल हुने स्थान मलेसियाको जोहर राज्यमा अवस्थित अरेना मुतियारा जोहर ल्यान्डमा हुँदै छ भने थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क अध्यक्ष मान मगर +6018979 2653 दीपक कार्की +6011316 84722 रमेश मल्ल+6016 7713001

सम्बन्धित समाचार