शंकर श्रेष्ठको ‘आदत’ गीत दुबईबाट रिलिज (भिडियो )

काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा पुस्कर खत्रीको एरेन्ज रहेको छ ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा शंकर श्रेष्ठ,गीता ढुंगाना र सुमन सिन्ग्देन तामाङ फिचर्ड छन्। उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रियटिभ आवर प्रोडक्सन”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार