हेल्प मधेसी मलेसिया द्वारा मृत्यक परिवारलाई नगद रु आर्थिक सहयोग ५१ हजार हस्तान्तरण

वायु प्रधुशन
nepalijanatakhaba

मधेस प्रदेश सप्तरी जिल्ला शम्भुनाथ नगर पालिका वडा न.३ ट्राफिक बजार घर भएको देबक शाह को छोरा ओम प्रकाश शाह वैदेशिक रोजगार को शिलशिलामा मलेसिया पुगेका थिए।

मिति २०२१ अगष्ट महिनामा हेल्प मधेसी मलेसिया केही राज्य भित्र संचालित मार्फत सदस्यता लिइ आबद्ध थिए १ बर्ष पहिले आफ्नै समस्याका कारण संस्थाबाट बाहिरएका थिए उनि ६ अगष्टमा को दिन उनको मृत्यु मलेसियामा भएको थियो।

यसै क्रममा हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो नेतृत्वमा नेपाली दूतावास सङ्ग सहकार्य गरि उनको पार्थिब शरीर लाई स्वदेश पठाएका थिए।

हेल्प मधेसी मलेसिया केन्द्रिय कार्यसमिति को निर्णय अनुसार यहि मिति २०८१ भदौ १४ गते शुक्रबारको दिन हेल्प मधेसी नेपाल सप्तरीको आयोजनमा श्रद्धाञ्जली कार्यक्रम गरि नगद रु ५१ हजार हस्तान्तरण गरेको छ ।

हेल्प मधेसी नेपाल सप्तरीको अध्यक्ष रिना झा सचीव मो.समीर शेख , हेल्प मधेसी मलेसिया जोहोर दलानको निवर्तमान कोषाध्यक्ष आदित यादव समाजसेवी युवा ज्यानुल रमान, बिभास शाह, देबक शाह लगायत त्यहाँका स्थानीय हरुको उपस्थितिमा उक्त कार्यक्रम सप्पन्न वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनु भयो।

nepalijanatakhabar

समबन्धित समाचार