रिया दोस्रो जोहोर कपको आज खेल तालिका सार्वजनिक हुँदै।

जेबी युनाइटेड फुटबल क्लब द्वारा रिया दोस्रो जोहोर कप २०२४ प्रतियोगिता अब खेल हुने मिति मुखैमा आइसकेको छ खेल हुने आउँदो मिति २०२४ सेप्टेम्बर १५ र १६ तारिख हुँदै छ भने उत्घाटन खेल सेप्टेम्बर १५ तारिख बिहानै ९ बजे देखि सुरु हुने छ।

बिभिन्न क्लबहरुले आआफ्नो टिम दर्ता गराइसकेका छन् भने अध्यक्ष मान मगरको जानकारी अनुसार सेप्टेम्बर १२ तारिख खेलको तालिका सार्वजनिक गर्ने तयारी भएको छ।

सार्वजनिक तालिकामा कति क्लब खेलमा समावेश हुँदै छन् र कुन टिम सँग खेल हुँदै छ भने सजिलै थाहा पाउन सकिने छ खेल निकै रोचक हुने आँकलन गरिएको छ।

प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार पाउने छन् भने दोस्रो विजेताले ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेतालाई पनि ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार पाउने छन् भने टिम दर्ता दर्ता शुल्क मात्रै २५ सय रिंगेट तोकिएको थियो।

साथै खेलाडी हरुलाई हौसला स्वरूप बिभिन्न बिधामा २ सय मलेसियन रिंगेट सहित सम्मान पनि गरिने आयोजक समितिले जानकारी दिएको छ गोल नेपाल बाट खेल प्रतक्ष प्रसारण हुने छ खेल हुने स्थानभने मलेसियाको जोहोरबारु स्थित मुतियारा जोहोर ल्यान्डमा हुँदैछ।

 

 

 

 

 

सम्बन्धित समाचार