जेबी युनाइटेड फुटबल क्लब द्वारा रिया दोस्रो जोहोर कप आज दोस्रो दिनको खेल सुरु 

जेबी युनाइटेड फुटबल क्लब द्वारा रिया दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आज मिति २०२४ सेप्टेम्बर १६ तारिखका दिन पनि खेल जारी रहेको छ भने आज फाइनल चरणको खेल करिब बेलुकी ९ बजे सकिने आकंलन गरिएको छ।

धुमधामका साथ हिजो १५ तारिखका दिन उत्घाटन खेलमा प्रमुख अतिथि गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले उत्घाटन गरी खेलको सुरुगरिएको थियो।

विभिन्न संघ संस्था बाट उपस्थिति व्यक्ति हरुलाई विशिष्ट अतिथिमा खाँदा लगाएर असंग्रहन गरिएको थियो भने गोल नेपाल बाट प्रतक्ष प्रसारण समेत गरिएको छ।

मलेसियामा रहेका विभिन्न क्लब द्वारा १९ टिम खेलमा सहभागि रहेका थिए भने केही टिम पहिलो चरणको खेल बाट बाहिरिसकेका छन् भने मलेसियाको जोहोर बरुमा कार्यरत नेपाली दर्शक हरुको बाग्लाे उपस्थिति रहेको छ खेलमा दर्शकको उपस्थितिले निकै रोचक देखिएको छ।

खेलको प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार आज लिएर जाने छन् भने दोस्रो विजेताले ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेतालाई पनि ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार पाउने छन् भने टिम दर्ता दर्ता शुल्क मात्रै २५ सय रिंगेट तोकिएको थियो।

 

साथै खेलाडी हरुलाई हौसला स्वरूप बिभिन्न बिधामा २ सय मलेसियन रिंगेट सहित सम्मान पनि गरिने आयोजक समितिले जानकारी दिएको छ भने खेल भइरहेको स्थानभने मलेसियाको जोहोरबारु स्थित मुतियारा जोहोर ल्यान्डमा हुँदै छ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचार