अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटी कतारको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा रामेछापका सुर्य भण्डारी सर्वसम्मत निर्वाचित……

दोहा कतार – शनिबार नज्मा स्थित वल्ड दरबार रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटी कतारको प्रथम अधिवेशन बाट रामेछापका सुर्य भण्डारीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

सोसाइटी कतारका तदर्थ समिति संयोजक सुर्य भण्डारीको सभापतित्व, प्रतिष्ठित व्यक्तित्व सचिन कार्कीको प्रमुख आतिथ्यतामा केही विशिष्ट ब्याक्तित्वहरु, संघ संस्थाका प्रमुखहरु, पत्रकार, कलाकारहरुको साथै कतारको विभिन्न प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टहरुमा सेफको काम गरिरहेका करिब १ सय नेपाली सेफहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो ठिक १ बजे व्यानर अनावरण सहित दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा तदर्थ समितिका महासचिव बद्री विक्रम थापाले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम हलमा उपस्थित सबै सेफहरुले आ-आफ्नो परिचय दिदै कतारमा पनि सोसाइटीको शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

“सामाजिक समुन्नति, सीप मुलक विकास तथा नेपाली खानाको स्तरोन्नतिको लागि हाम्रो अभियान” भन्ने मुल नारा बनाई आधिकारिक रुपमा सन् २०१८ मा स्थापना भएको सोसाइटी २०२४ सम्म आइपुग्दा ३४ वटा देशमा बिस्तार भएको र अधिवेशन गरि कार्यसमिति सहितको शाखा बिस्तारमा भने कतार सहित ९ वटा देशमा सक्रिय रहेको सामाजिक संजालको प्रयोग गर्दै भिडियो कल मार्फत अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय सम्योजक तथा नेपाल सेफ सोसाइटी युएईका संरक्षक अरुण अधिकारीले प्रष्ट पारेका थिए ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा कतारमा रहेर नेपाली गीतसङ्गीतमा निरन्तर सक्रिय रहेकी लोकप्रिय गायिका गुना मगर “निशु” र सोसाइटी कतारका सचिब चक्र मगरले आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत उपस्थित सबैलाई नचाएर अधिवेशनको माहोल सङ्गीतमय बनाइदिएका थिए ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि कार्कीले नेपाली खानाको स्तरोन्नति गर्दै विश्वव्यापी रुपमा चिनाउने उद्देश्यका साथ स्थापना गरिएको सोसाइटीले अब कतारबाट पनि उल्लेखनीय भुमिका खेल्दै निकट भविस्यमै उद्देश्य अनुरुपको त्यो सफलतामा पुगेको देख्न पाउनेमा आफू ढुक्क रहेको बताउदै प्रथम अधिवेशन बाट बन्ने नयाँ कार्यसमिति लाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तदर्थ समितिका महासचिव बद्री विक्रम थापा र सचिब चक्र मगर मिलेर सहजीकरण गरेका खुल्ला सत्रको कार्यक्रमको अन्तमा सभापति भण्डारीले कतारमा अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटीको शाखा बिस्तार हुँदै गर्दा सोसाइटीले खेल्ने भूमिकाको बारेमा प्रष्ट पार्दै कतारमा रहेका सम्पुर्ण नेपाली सेफहरुलाई एउटै छातामुनी आबद्ध गराउदै हरेक दु:ख सुखमा साथ सहयोग गर्दै कसरी हुन्छ नेपाली खानालाई बिश्व सामु स्थापित गर्नको निमित्त एक ढिक्का भइ लागि पर्ने बताए । उनले थप बोल्दै प्रथम अधिवेशन कार्यक्रमलाई छोटो समयको तयारीमा पनि भव्य सफल बनाउनको लागि अहोरात्र खट्ने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खल्ला सत्र कार्यक्रमको समापन भएको घोषणा गरेका थिए भने कार्यक्रम संचालनमा रामेछाप सेवा समाजका सल्लाहकार तथा बागमती प्रदेश समन्वय परिषदका अध्यक्ष ललित कुमार तामाङले सहयोग गरेका थिए ।

खुल्ला सत्र कार्यक्रम सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रमबाट बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष तथा रामेछाप सेवा समाजका सल्लाहकार ललित कुमार तामाङको संयोजकत्त्वमा बनेको निर्वाचन समितिको रोबरमा सुर्य भण्डारीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएका छन जस अन्तर्गत अध्यक्षमा सुर्य भण्डारी, प्रथम उपाध्यक्षमा डिबि कार्की, द्वितीय उपाध्यक्षमा दिपक पोखरेल, महासचिवमा बद्री विक्रम थापा, सचिबमा चक्र मगर, कोषाध्यक्षमा सुन्दर कार्की, सह- कोषाध्यक्षमा खग बहादुर बस्नेत निर्वाचित भएका छन त्यसैगरी बिकाश बहादुर बुढा, दिपक भण्डारी, सिताराम मगर, लक्ष्मण गुरुङ, शिशिर पाण्डे, अनुमाया तामाङ र युवराज आचार्य सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन भने ५२ जना साधारण सदस्य बनेका छन सदस्यता बनेका सबैलाई नव निर्वाचित निर्वाचित अध्यक्षले सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार