सिनेमा हलमा रिलिज भएको १३ वर्ष पछि युट्युबमा सार्वजनिक भयो चलचित्र “आचार्य”……

दोहा कतार – भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवन काहानीमा आधारित रहेर बनेको फिल्म “आचार्य” सिनेमा हलमा पहिलो पटक रिलिज भएको एक दशक भन्दा धेरै अर्थात १३ वर्ष पछि युट्युबमा सार्वजनिक भएको छ ।

गत बुधबार ओ.एस.आर डिजिटल नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको फिल्ममा शिरोमणि आचार्यको साङ्गीतिक संघर्षको कथालाई चित्रण गरिएको छ । फिल्मको मुख्य भुमिका अर्थात भक्तराज आचार्यको भुमिकामा उनकै जेठा छोरा सु-प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले निभाएका छ्न। उनको अलावा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायत कलाकारले अभिनय गरेका छन।

निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेका फिल्म १३ वर्ष अघि पहिलो पटक देशव्यापी रूपमा प्रदर्शनमा भएको थियो भने शिरोमणि आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भए पश्चात् उनलाई श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा फिल्म प्रदर्शन गरिएको थियो ।

फिल्म यूट्युबमा आएको जानकारी दिँदै गायक तथा सङ्गीतकारको साथै उक्त फिल्मका नायक सत्यराज आचार्यले बुधवार राति आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन् ‘हाम्रो चलचित्र “आचार्य” आजबाट तपाईंहरुको चलचित्र भएको छ है अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ।’

फिल्म हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार