थारू कल्याणकारिणी सभा कतारको महिला विभागद्वारा आयोजित जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार– थारु कल्याणकारिणी सभा कतार च्याप्टर अन्तर्गतको महिला विभागले ‘जितिया पर्व गत शुक्रबार कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसक्याफे रेस्टुरेन्टको सभा हलमा भव्य रुपमा मनाएको छ।

‘जातीय पहिचानको संरक्षण, प्रवर्द्धन, शैक्षिक, आर्थिक, सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्देश्य प्रवासमा रहेर पनि थारु समुदायको मौलिक भाषा, संस्कृति, धर्म, संस्कार, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। थारु समुदायमा मातृत्व, सन्तानप्रतिको अगाध प्रेम तथा सन्तानको सुख, शान्ति, दीर्घायु र पारिवारिक समृद्धिको कामना सहित मनाइने जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा कतारमा रहेका थारु समुदायका सदस्यहरु सँगै विभिन्न नेपाली संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, इन्जिनियर, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय  सहभागिता रहेको थियो।

कतार च्याप्टर महिला विभागकी प्रमुख शर्मिला चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारकी महिला विभाग संयोजक रबिना मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाली महिला समाज कतारकी उपाध्यक्ष लिला राई विशिष्ट आतिथ्यता रहेको थियो  । त्यसैगरी थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति भगवती प्रसाद चौधरी, संरक्षक इन्जिनियर सियाराम चौधरी, प्रमुख सल्लाहकार हरि बहादुर महतो, विशेष सल्लाहकार श्यामलाल चौधरी, संस्थापक महामन्त्री तथा पूर्व संरक्षक एवं नेपाल इन्जिनियरिङ एसोसिएसन कतार च्याप्टरका अध्यक्ष इन्जिनियर सिताराम चौधरी लगायतको उपस्थिति रहेको थियो।

ई. सिताराम चौधरी, प्रेसिडेन्ट, नेपाल इन्जिनियरिङ एसोसिएसन, कतार सेन्टर तथा थारू कल्याणकारिणी सभा, कतार च्याप्टरका संस्थापक महामन्त्री एवं सन् २०२४ सम्मका पूर्व संरक्षकले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । उनले थारू समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको कुरा बताए। थारू समुदाय नेपालको महत्वपूर्ण आदिवासी जनजाति समुदायमध्ये एक रहेको उल्लेख गर्दै उनले समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको पनि बताएका छन ।

गुन्जा चौधरीले सहजीकरण गरेका कार्यक्रम नेपाली राष्ट्रिय गान बजाए पश्चात्  ज्ञात अज्ञात शहीदहरू प्रति सम्मान व्यक्त गर्दै रसुवा तथा नुवाकोटमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारण समेत गरिएको थियो।

स्वागत नृत्य प्रस्तुत गरे सङ्गै औपचारिक रुपमा संचालन भएको कार्यक्रममा कार्यक्रम संयोजक गंगा चौधरी र पूजा चौधरीले स्वागत मन्तव्य राखेका थिए । जितिया पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे सृजना चौधरीले प्रकाश पारेका थिए भने थाकसा कतारका सांस्कृतिक संरक्षक तथा सल्लाहकार अरुण कुमार चौधरीले परम्परागत जितिया कथा वाचन गरेका थिए । थारु कला र संस्कृतिले गुञ्जनमय भएको कार्यक्रम स्थलको मुख्य आकर्षण थारु समुदायको मौलिक कला, संस्कृति र परम्परामा आधारित विविध सांस्कृतिक प्रस्तुति बनेको थियो।

‘एले जितिया’, ‘थारु पावन खेले’, ‘झुम्रा नाच’, ‘गुराँस फुल्दा बनाई रमाइलो’, ‘जिन्गी रे’ तथा ‘थुन्दिया बोलाए सजना’ लगायतका गीतमा कलाकारहरू सुनिता, पूजा, पूर्णिमा, सुस्मिता, एन्जिला, रितु, बिन्दा, हरेराम, सञ्जय, कमल, जीवन, प्रिया, रिमा, समिता, गंगा, विमल, महेन्द्र, मनोज, सिर्जना, अरुण तथा पुलकित लगायतका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय मिथिला कला संस्कृति ग्रुप दोहा, कतारको सहयोगमा मनिष गोस्वामी, सन्तोष विश्वकर्मा, मनोज शर्मा, जितेन्द्र पासवान, राम जनम मंडल, रामानन्द चौधरी,सैलेन्द्र यादव विसेश्वर प्रसाद, वोकिल मंडल लगायतका कलाकारहरूले पनि जोडदार प्रस्तुति दिएका थिए। भने सन्तोषी चौधरी, उपेन्द्र, बिना, सविन चौधरी, अजय कुमार धनुवार तथा चन्द्र चौधरी लगायतका गायक गायिकाहरूले पनि सुमधुर गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

 

nepalijanatakhabar

समबन्धित समाचार