दोहा कतार – पछिल्लो समय नेपाली गीत सङ्गीत बन्ने क्रममा नेपालमा शदियौं देखी चल्दै आएको पुरानो परम्परागत चलन, रितिरिवाज र नेपाली मौलिकपनलाई प्राथमिकतामा राखेर बन्ने गरेको देख्न सकिन्छ । यसै क्रममा यतिबेला त्यस्तै एउटा नेपाली समाजमा परम्परागत रुपमै चली आएको बिबाहमा मनोरञ्जनको रुपमा केटा पक्षको घरमा रत्यौली खेल्ने भनेर विभिन्न शिर्षकमा गाइने मौलिक गीतलाई “फ्याट्ट पोइल” नाम दिएर साँङ्गीतिक बजारमा शुक्रबार बिहान सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको दुई दिन नबित्दै दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको गीतमा सर्जक, सङ्गीतकार तथा गायक प्रवेश पौडेलको शब्द सङ्गीत, प्रवेश पौडेल र लोकप्रिय गायिका अस्मिता डल्लाकोटीको सुमधुर आवाज रहेको छ भने यम थापा मगरले एरेन्ज र वन.डिबी.एच.डि. नेक्स्ट लेवल रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट राज खड्काले रेकर्ड गरेको एच.बि.एन किस्मतले मिक्सिङ एवं मास्टरिङ गरेर अडियो लाई सिङ्गारेका हुन ।
गाउँले परिवेशको बिबाहमा हुने अनेकौं विधीहरुको परिकल्पना गर्दै दुरुस्तै देखिने गरि उतारिएको अत्यन्तै उत्कृष्ट भिडियो फुटेजका दृश्यहरु क्यामरामा कैद गर्दै प्रबिन थापाले छायांकन गरेको गीतको भिडियो थापा आफैले निर्देशन गरेको हुन । शक्ति कुमार गोदार र अस्मिता डल्लाकोटी लाई दुलाहा दुलहीको मुख्य भुमिकामा देख्न सकिने भिडियोमा स्मारिका ढकाल, सुरेश कोह्ली, सरोज पर्जा, सम्झना थापा क्षेत्री, धुर्ब सुवेदी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय गरेका छन भने पत्रकार तिलु शर्मा पौडेल भिडियोका निर्माताको रुपमा रहेका छ्न ।
बाबा ईन्टरटेन्ट्मेन्ट टिभी (Baba Entertainment TV) नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियो यो समाचार बन्ने बेला सम्म एक दिनमा करिब ८० हजार दर्शकहरुले हेरिसकेका छ्न ।
भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्