पोखरा १४, मझेरीपाटनमा, मझेरी विश्वकर्मा समाजद्वारा भवन निर्माण शुभारम्भ

काशी राम सुनार, पोखरा।

पोखरा १४, मझेरीपाटनस्थित मझेरी विश्वकर्मा समाजले आज मंसिर २७ गते समाजको भवन निर्माण कार्यका लागि जग्गा थालनी गर्दै शुभ साइत पारेर ऐतिहासिक कदम चालेको छ। समाजकी अध्यक्ष सिर्जना पोखरेलद्वारा विधिवत रूपमा भवन निर्माण कार्यको शुभारम्भ गरिएको हो।

कार्यक्रममा अध्यक्ष पोखरेलले भवन निर्माणले समाजको सामाजिक, सांस्कृतिक, र शैक्षिक प्रगतिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “भवन सम्पन्न भएपछि समाजले समुदायलाई थप प्रभावकारी सेवा र सुविधाहरू प्रदान गर्न सक्नेछ।”

भवन निर्माणको उद्देश्य र आगामी कार्यक्रमहरू।

मझेरी विश्वकर्मा समाजले यो भवन निर्माणसँगै समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। भवन सम्पन्न भएपछि सञ्चालन हुने मुख्य कार्यहरू निम्न छन्:

1. शिक्षा र सीपमूलक कार्यक्रमहरू: युवाहरूलाई रोजगारमूलक तालिम, शिक्षामा पहुँच, र आत्मनिर्भरता विकासका लागि कार्यक्रमहरू सञ्चालन।

2. स्वास्थ्य सेवा: नियमित स्वास्थ्य शिविरहरू आयोजना गर्दै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको विशेष हेरचाहका लागि विशेष पहल।

3. सांस्कृतिक संरक्षण: स्थानीय परम्परा, संस्कृति, र पर्वहरूको संरक्षण र प्रवर्द्धन।

4. सामुदायिक सहयोग: विपद् व्यवस्थापन, आपत्कालीन राहत, र सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन।

 

 

दाताको योगदानलाई सम्मान।

समाजको भवन निर्माणका लागि आफ्नो मूल्यवान जग्गा दान गरी योगदान गर्ने सरोजबहादुर थापालाई अध्यक्ष पोखरेलले विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले थापाको योगदानलाई समाजको लागि प्रेरणादायी कदमका रूपमा वर्णन गर्नुभयो।

 

समाजको नेतृत्व

 

भवन निर्माण कार्यलाई सफल बनाउन समाजका पदाधिकारी, सल्लाहकार, र सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।

पदाधिकारीहरू:

अध्यक्ष: श्री सिर्जना पोखरेल

उपाध्यक्ष: श्री शेरबहादुर बिक

महासचिव: श्री मिरा बिक

सचिव: श्रीकृष्णमान विश्वकर्मा

कोषाध्यक्ष: श्री सुशीला बिक

 

 

सल्लाहकारहरू:

1. बलबहादुर सेन्चुरी

2. दुर्गाबहादुर बिक

3. छलीमाया बिक

4. तारापति बिक

5. गौसुबा बिक

6. टिकराम बिक

7. सुरेन्द्रराज पोखरेल

8. युवराज सेन्चुरी

9. राजबहादुर थापा बिक

 

 

 

सदस्यहरू:

1. सुखमाया बिक

2. राममाया बिक

3. लक्ष्मी बिक

4. देवी बिक

5. बिमय बिक

6. सन्तोष बिक

7. सुनिता बिक खड्का

8. पार्वती बिक

9. सुनिता सुनार

10. सुनिता बिक

11. भिमा बिक

12. अनिता बिक

 

 

 

समाजको उद्देश्य

 

मझेरी विश्वकर्मा समाजले विगतदेखि नै समुदायको समृद्धि र सहयोगका लागि विभिन्न कार्य गर्दै आएको छ। समाजका मुख्य उद्देश्यहरू निम्न कुरा हरु जस्तै आर्थिक रूपमा कमजोर वर्गलाई upliftment गर्ने। महिलाहरूको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन। युवाहरूका लागि चेतनामूलक कार्यक्रमको आयोजना।

 

अध्यक्षको आह्वान,

अध्यक्ष सिर्जना पोखरेलले समाजका सबै सदस्यहरूलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “भवनले हाम्रो समाजलाई नयाँ उचाइमा पुर्‍याउनेछ। यसले हाम्रो सामाजिक सेवा र सहयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछ।”

 

भवन निर्माण शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूले समाजको यो ऐतिहासिक कदमको प्रशंसा गर्दै सामाजिक रूपान्तरणमा यसको योगदानको प्रशंसा गरे।

 

मझेरी विश्वकर्मा समाजले लिएको यो महत्त्वपूर्ण पहलले सामाजिक उत्थान र एकताको उदाहरण प्रस्तुत गरेको छ। समाजका पदाधिकारीहरू र सदस्यहरूको समर्पणले समुदायलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउने विश्वास गरिएको अध्यक्ष पोख्रेल ले जानकारी दिनुभयो छ।

सम्बन्धित समाचार