एनआरएनए एनसीसी कतारको समन्वयमा ५४ वटा संघ संस्थाले एक साथ मनाए नेपाली राष्ट्रिय पर्वहरु….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – एनआरएनए एनसीसी कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ५४ वटा संघ संस्थाहरुले नेपालीहरुको महान पर्वहरु बडा दशै, शुभ दिपावली, (तिहार), छट, नेपाल सम्वंत- ११४५, बलिहाङ ताङ्नाम, जितिया पर्व, हुर्रा पर्व, म्ह पुजा सङ्गै एनआरएन डे (NRN DAY) २०२४ संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि एकै साथ साहानिया स्थित अल दोसारी पार्क (जु गार्डेन) मा शुक्रबार भव्य मनाएको छ ।

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व, नेपाली राज दूतावास कतारका कार्यबाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा आईसीसी, एनसीसीको विभिन्न अहोदामा रहेका बिशिस्ट ब्याक्तित्वहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, बुद्धिजीवी, सामाजिक अभियान्ता, समाजसेवी, व्यवसायी, कलाकार पत्रकारहरु र उल्लेखनिय स्वदेशी बिदेशी दर्शकहरुको उपस्थितिमा विधिवत दिप प्रज्ज्वलन, राष्ट्रिय गान, मौन धारण सहित सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेका थिए भने नृत्य निर्देशिका सृष्टि श्रेष्ठ (सिम्रन) ले आफ्नो उत्कृष्ट नृत्य मार्फत उपस्थित सबैलाई स्वागत गरेकी थिइन ।

कार्यक्रममा शुभकामना मन्तव्य राखेका अधिकाङ्श वक्ताहरुले यसरी सम्पुर्ण संघ संस्थाहरु मिलेर एउटै व्यानरमा संयुक्त रुपमा नेपाली चाडपर्वहरु मनाएकोमा खुशी व्यक्त गरेका थिए भने केहि ब्यक्तित्वहरुले एनआरएनए दिवस कहिले देखि र कसरी मनाउन लागियो भन्ने बिषयमा चर्चा गर्नुको साथै पछिल्लो समय आईसीसीमा भइ रहेको गतिविधि बारे जानकारी गराएका थिए ।

एनसीसी कतारका सचिबद्वय रबिन मगर र सन्तोष क्षेत्रीले मिलेर सहजीकरण गरेका कार्यक्रम अबधिभर थारु कल्याणकारी सभा च्याप्टरका कलाकारहरुले राष्ट्र र राष्ट्रियता झल्काउने सामुहिक नृत्य, नेपाली महिला समाज कतारका कलाकारहरुले सामुहिक देउसी भैलो नृत्य, यमुना पटेलको थाली नाच सङ्गै म्यादी प्रवासी नेपाली संघ ( मोना कतार)ले भैलो नाच, नेपाल मगर संघ साँस्कृतिक परिवारले मारुनी सोरठी नृत्य, नेपाल तामाङ समाजको तर्फबाट सेलो नृत्य, प्रवासी भुजेल समाज कतारबाट कलाकार बिष्णु भुजेलको नृत्य तथा मुन प्रसाई, शान्ती ओली, गुना मगर “निशु”, रेश्मी सेन्चुरी, सुरेश बिसी, बाबू कौशल र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारबाट देउसी भैलो बिशेष सांङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी राईले आफ्नो मन्तव्य राख्ने क्रममा बोल्दै गर्दा नेपाल बहुजाती, बहुभाषी तथा अनेकौं जाती विशेष चाडपर्व, आ-आफ्नै रितिरिवाज र परम्परा अनुसार चाडपर्व मनाउने गरिए पनि कतारमा रहेका नेपालीहरु सबै एकै ठाउमा भेला भएर हर्ष उल्लासको साथ हाम्रा राष्ट्रिय चाडहरु मनाउने गरेको देख्दा आफुलाई अत्यन्तै खुशी लागेको बताए । उनले थप बोल्दै यसरी हरेक चाडपर्व मिलेर मनाउने गर्दा एक अर्का प्रति माया, सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम रहि रहने बताए ।

दिउँसो १ बजेदेखि साँझ अबेरसम्म चलेको कार्यक्रममाको अन्तमा सभापति भट्टले कार्यक्रम तयारीको लागी खट्ने र समन्वय गर्ने सम्पुर्ण संघ संस्थाहरु र कार्यक्रम स्थान सम्म उपस्थित भएर कार्यक्रमलाई सव्य-भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार