दोहा कतार – पछिल्लो समय विकास र प्रविधिले फड्को मारे सङ्गै विश्व बजारमा होटेल म्यानेजमेन्टले पनि तीब्र गतिमा सफलता पाई रहेको छ। त्यस्तै सफलता कमाई रहेका बिश्व प्रसिद्ध तारे होटेलहरुमा सेफको रुपमा काम गरिरहेका हजारौं नेपाली सेफहरु पनि त्यो सफलता सङ्ग कँहि न कहिँ सामेल भएको देख्न सकिन्छ, जसको एक ज्वलन्त उदाहरण रामेछापका सुर्य भण्डारी बनेका छन ।
विगत लामो समयदेखि डब्लु दोहा होटेलमा सिनियर सेफको रुपमा काम गर्दै आएका भण्डारी विश्व प्रख्यात स्पेनिस सेफ पाको मरलेस सङ्ग सहकार्य गर्ने पहिलो भाग्यमानी नेपाली सेफ बनेका छ्न । सेफ मरलेस गत नोभेम्बर -२९ देखि डिसेम्बर -०१ – सम्म कतार सरकारले आयोजना गरेको फर्मुला वन कतार -२०२४ को तीन दिने कार्यक्रममा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको निमन्त्रणामा कतारका राज परिवार तथा सरकारी निकायका केही सिमित उच्च ओहदामा रहेका व्यक्तिहरुलाई खाना बनाउन र सर्भको लागि आएका मरलेस सङ्ग डब्लु दोहा होटेलको तर्फबाट सहकार्य गर्ने अवसर भण्डारीले पाएका हुन ।
मरलेस इतिहासको एक ग्यास्ट्रोकोलोजिस्ट शेफको रुपमा परिचित छन भने २०१७ को मार्च देखि आफ्नै गृह शहर स्पेनको दक्षिणी प्रान्त कोर्डोबामा “नूर” नामक रेष्टुरेन्ट संचालन गर्दै आएको र उक्त रेष्टुरेन्ट सबैभन्दा उत्कृष्ट स्पेनी खाना बनाउने रेष्टुरेन्टमा पर्नुको साथै मरलेसले तीन वर्षमा दुईवटा मिशेलिन स्टार समेत पाईसकेका छन ।
लुसिल ईन्टरनेशनल सर्कसमा भएको उक्त स्पोर्ट्स कार्यक्रममा कार रेसका लागि संसारभरका विभिन्न देशको सहभागीता रहेको थियो भने यो कार्यक्रम कतारले विगत तीन वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ । भण्डारी कतार सरकार तथा अन्य प्रतिष्ठित कम्पनी एवं क्लबहरुले आयोजना गर्ने अधिकाङ्श यस्ता कार्यक्रम हरुमा सहभागी हुँदै आएका छन, भने उनी अहिले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी कतार शाखाका अध्यक्ष समेत रहेका छन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्