किरात याक्थुङ चुम्लुङ कतारले आफ्नो महान चाड “चासोक तङनाम” आगामी शुक्रबार मनाउने……..

दोहा कतार- याक्थुङ/लिम्बु जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ कतारले नेपालीहरुको राष्ट्रिय चाड तथा याक्थुङ/लिम्बु जातिहरुको महान चाड “चासोक तङनाम -५०८४” आगामी शुक्रबार अर्थात २७ डिसेम्बर -२०२४ दिन एउटा शुभकामना आदान-प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

आफनो भाषा, धर्म, लिपि, संस्कार, संस्कृती तथा साहित्य र पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै सामाजिक कार्यमा समर्पित रहने उदेश्यले “लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित कतारमा सन् -२००२ मा स्थापित किरात याक्थुङ चुम्लुङले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि भव्य रुपमा “चासोक तङनाम” मनाउन लागेको किरात याक्थुङ चुम्लुङका महासचिव बिरेन मादेन लिम्बुले नेपाली जनता खबरलाई जानकारी गराएका छन । साथै लिम्बुले कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था, बैचारिक संस्था, मात्रृसंस्थाहरु, बिशिस्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, बुद्धिजीवी, व्यवसायी, मिडिया पत्रकार, कलाकार लगायत सम्पुर्णलाई पत्राचार गरि सकिएको बताएका छन ।

प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ठिक -१० बजे देखि सुरु हुने कार्यक्रममा याक्थुङ/लिम्बु जातिमा प्रचलित झाँकीहरुको साथमा दोहामा रहेर साङ्गीतिक यात्रामा निरन्तर लागिरहेका करिब दुई दर्जन भन्दा धेरै कलाकारको गायन तथा नृत्य प्रस्तुतिहरु सङ्गै रमाउन सकिने बताउदै आयोजक समितिले दोहाबासी सम्पुर्ण याक्थुङ/लिम्बु तथा गैर याक्थुङ/लिम्बु नेपालीहरु लाई उपस्थितिको लागि अनुरोध पनि गरेका छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार