दोहा कतार- प्रवासी भुजेल समाज कतारले भुजेल जातिहरुको महान चाड उधौली (प्युगाल पारिम) गत शुक्रबार अर्थात -२० डिसेम्बर -२०२४ को दिन आन्तरिक रुपमा एउटा बनभोज कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाएको छ ।
समाजका अध्यक्ष विकास भुजेलको अध्यक्षतामा भुजेल परम्परा अनुसार विधिवत रुपमा सुर्य, वायु, जल, जङ्गल र जमिनको पुजाआजा गरि उधौली (प्युगाल पारिम) मनाएको हो । पुजा सके लगतै पुर्व योजना र तयारी बमोजिम बनभोज तथा मनोरञ्जनको लागि वक्रा स्थित समुन्द्री किनारमा सम्पुर्ण कार्यसमिति, संरक्षक, सल्लाहकार, मानर्थ सदस्य कलाकार एवं समाज सङ्ग आवद्ध व्यक्तिहरु जुटेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलको संयोजक र सह-कोषाध्यक्ष रोज भुजेलको सह-संयोजकत्वमा आयोजित बनभोज कार्यक्रम व्यवस्थापन र सहजताको लागि विभिन्न कामको बाँडफाँड गरिएको भए पनि समाजका सबै जना लागि परेका थिए जस अन्तर्गत समाजका सल्लाहकार प्रभात भुजेलको नेतृत्वमा सक्रिय सदस्य भुवन भुजेल, सह-कोषाध्यक्ष रोज भुजेल, पुर्ण जिसी मिलेर खाना तयार पारेका थिए भने गीत बजाउन आवश्यक इलेक्ट्रीसीटिको लागि मोहन भुजेलले जेनेरेटर उपलब्ध गराएर सहयोग गरेका थिए ।
त्यसैगरी यातायातमा प्रभात भुजेल, भुवन भुजेल, सन्तोष भुजेल, नियम भुजेल, शिव कुमार भुजेल र सागर भुजेलले समन्वय गरेका थिए । नास्ताको लागि विष्णु भुजेल, मेनुका भुजेल, मिना भुजेल, सारा आले र जमुना खड्काको सहभागिता रहेको थियो भने पानीको व्यवस्था कमला नेपालीले गरेकी थिईन ।
“भुजेल जातिको विकाश र उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराको साथमा सन् -२०१० मा स्थापना भएको समाजले स्थापना कालदेखी नै भइ परि आउने विभिन्न आपत बिपत सङ्गै सामाजिक कार्यहरूमा सहभागी हुदै नेतृत्वदायी भुमिका निभाउदै आउनुको साथै नेपाली चाडपर्वहरु पनि बिशेष महत्त्वको साथ मनाउदै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्