दोहा कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले सातौं वार्षिकोत्सव तथा आठौं स्थापना दिवस शुक्रबार मुर्रामा रहेको आफ्नै प्रशिक्षण हलमा एउटा आन्तरिक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
प्रतिष्ठान कतार शाखाका अध्यक्ष शिवराम ढकालको सभापतित्व एवं प्रतिष्ठान कतारका पदेन सल्लाहकार नन्दलाल बि.क (अजय) को प्रमुख आतिथ्यतामा प्रतिष्ठान कतार शाखाका संस्थापक अध्यक्ष कृष्ण बराल, सल्लाहकार प्रकाश बिश्वकर्मा, कोशी प्रदेश समन्वय परिषद कतारको तर्फबाट किरण परियार, भोजपुर सेवा समाजका अध्यक्ष महेन्द्र कार्की लगायतको बिशेष आतिथ्यता र प्रतिष्ठानका कार्यसमिति, प्रशिक्षण कक्षामा आबद्ध प्रशिक्षार्थी कलाकारहरुको साथै नेपाली गीत सङ्गीतलाई माया गर्ने अन्य कलाकार तथा महानुभाबहरुको उपस्थितिमा विधिवत रुपमा दिप प्रज्वलन गरि प्रत्यक्ष लाइभ राष्ट्रिय गान गाएर केक काटी सातौं वार्षिकोत्सब सहित आठौं स्थापना दिवस मनाएको हो ।
शुक्रबार साझ मनाइएको उक्त कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए भने उपस्थित मध्येका केही वक्ताहरुले प्रतिष्ठानले पछिल्लो समय धेरै भन्दा धेरै नयाँ कलाकारहरु लाई आबद्ध गराएर प्रशिक्षण कक्षा संचालन गरि उनिहरुको कलागलामा अझै निखार्त ल्याउन खेलेको महत्त्वपूर्ण भुमिकाको प्रशंसा गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानकी महिला सचिब रेश्मी सेन्चुरी र सह-सचिब बाबू कौशल मिलेर सहजीकरण गरेका कार्यक्रममा बोल्ने क्रममै संस्थापक अध्यक्ष बरालले कतारमा आफुले जन्माएको संस्था अहिले यो अवस्था सम्म आइपुगेको देख्दा अत्यन्तै खुशी लागेको बताए । उनले हिजोका दिनहरुमा आफुहरुले गरेको अथाह मिहेनत र संघर्षलाई स्मरण गर्दै यो कार्यकाल सम्म आइपुग्दा प्रतिष्ठानले गरेको उन्नति प्रगति र कलाकारहरुको प्रस्तुति हेर्दा गर्व लाग्ने गरेको बताए ।
सोही क्रममा प्रमुख अतिथि बि.क ले प्रतिष्ठान जस्तो राष्ट्रको गरिमा बोकेको संस्था र प्रतिष्ठानले गर्ने हरेक कार्यक्रमहरुमा कुनै न कुनै भुमिकामा जोडिन पाउँदा आफुलाई भाग्यमानी ठानेको बताउदै आगामी दिनमा पनि यो कार्य निरन्तर रहिरहने र जुन सुकै बेला पनि सहकार्यको लागि तयार रहेको बताए ।
कार्यक्रमको अन्त्य तिर विभिन्न समयमा प्रतिष्ठानको कार्यक्रमहरुमा महत्त्वपूर्ण योगदान गरेका कलाकारहरु लाई प्रोत्साहन स्वरुप उपहार दिएर सम्मान गरिएको थियो भने केहि कलाकारलाई पारिश्रमिक सहित सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।
अन्तमा सभापति ढकालले छोटो समयमा कार्यक्रमको तयारी गरेकोले प्रतिष्ठान र नेपाली गीत सङ्गीतलाई माया गर्ने सम्पुर्णलाई समेट्न नसकेकोमा क्षेमा माग्दै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने कार्यसमिति टिमलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनले कार्यक्रममा सहभागी भएका व्यक्तित्वहरुलाई पनि उपस्थिति भएर कार्यक्रम सफल बनाउने सहयोग गरि दिएकोमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्