दलित एकता संजाल कतारको छैटौं अधिवेशन आगामी शुक्रबार हुँदै…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – दलित एकता संजाल नेपाल, राष्ट्रिय समन्वय समिति कतारको छैटौं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार अर्थात ३१ जनवरी- २०२५ को दिन सनैया स्थित फुलबारी स्पाइस नेपाली रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।

कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित जिल्ला संस्था, बैचारिक संस्था, जातिय संस्थाहरु, विशिष्ट व्यक्तित्वहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार एवं पत्रकारहरु सम्पुर्ण लाई पत्राचार गरिसकेको र कारणबस पत्र नपाएको भए पनि यसै समाचार लाई आधार मानी कार्यक्रममा उपस्थित भइ दिन संजालका अध्यक्ष किरण परियारले अनुरोध गरेका छन ।

उनले शुक्रबार दिउँसो १२ बजे पछि सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि नेपाली जनता खबरलाई जानकारी गराएका छन भने कार्यक्रममा साँस्कृतिक अन्तर्गत पन्चेबाजा सहित कतारमा स्थापित भइ सकेका कलाकारहरुको विभिन्न गायन तथा नृत्य प्रस्तुतिहरु सङ्गै रम्न अनि रमाउन सकिने पनि आयोजक समितिले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार