दोहा कतार- कतारमा स्थापित नेपाली संघ संस्थाहरु मध्यकै सबैभन्दा पुरानो जिल्ला संस्थाको रुपमा परिचीत संस्था खोटाङ सेवा समाज कतारले आफ्नो २८औं स्थापना दिवस आगामी ३१ जनवरी – २०२५ शुक्रबारको दिन सहानिया स्थित अल दोसरी जु गार्डेनमा मनाउने भएको छ ।
साथै कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित संघ संस्था, बैचारिक संस्था, विशिष्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, मिडियाकर्मी, पत्रकारहरु सम्पूर्णलाई पत्राचार गरिसकिएको कार्यक्रम संयोजक तथा समाजका बरिस्ठ उपाध्यक्ष पर्शुराम श्रेष्ठ (पवन) ले जानकारी गराएका छन ।
समाजले बृहत साङ्गीतिक तथा साहित्यिक प्रस्तुतिहरु सहितको वनभोज कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस भव्य रुपमा मनाउन लागेको हो । कार्यक्रममा एनआरएन आइडल ग्लोबल फाइनालिस्ट गायिका गुना मगर “निशु” एनआरएनए आइडल २०२३ का विजेता गायक रुस्तम तामाङ, एनआरएनए नृत्य तर्फ प्रथम भएकी नृत्यङ्गाना कलाकार निरु श्रेष्ठ लगायत करिब १ दर्जन भन्दा धेरै कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनुको साथै साहित्यमा अनेसास कतारको तर्फबाट कवि सिताराम थापाको कविता र गजलकार सुजाता डिसीका गजलहरु सुन्न सकिनेछ ।
बिहान १० बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रममा सहभागी हुन चाहनेहरुको लागि जान आउन अलखोरमा रहेको गाउँवेशी रेस्टुरेन्ट, मेकानिस, सनैया ग्रान्डमल लालीगुराँस रेष्टुरेन्ट, अल अत्तिया, नज्मा, मुन्ताजा, वक्रा मेट्रो स्टेसन नजिक, मइजार र रयानबाट यातायातको सुबिधा पनि रहेको आयोजक समितिले बताएको छ । कार्यक्रमको लागि थप जान्न चाहेमा समाजको फेसबुक पेज अथवा कार्यसमितिका जो कोही सदस्यहरु सङ्ग सम्पर्क गरेर बुझ्न सकिने यातायात संयोजक जीवन राईले बताएका छन ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्