दोहा कतार- “समृद्ध हाम्रो सरोकार, उद्यमशिलता यसको आधार” भन्ने मुल नारा सहित सन् २०१७ मा स्थापना भएको कोशी प्रदेश समन्वय परिषद, कतारले आगामी शुक्रबार अर्थात १४ फेब्रुअरी २०२५ मा गर्न लागेको Winter Outdoor Festival तथा बृहत साँस्कृतिक साथै साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट चर्चित गायिका श्रेयसी चेम्जोङ लिम्बु कतार आउने भएकी छिन् ।
सहानिया स्थित अल दोसरी पार्कमा हुने उक्त कार्यक्रममा गायिका श्रेयसी सङ्गै एनआरएनए आइडल २०२३ कतारका विजेताद्वय गायक रुस्तम तामाङ, नृयाङ्गाना निरु श्रेष्ठ, NRN THE SINGER SEASON ONE की फाइनालिस्ट गायिका गुना मगर निशु, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरु र कतारमा रहेर आफ्नो साङ्गीतिक पहिचान बनाइ सकेका अन्य करिब दुई दर्जन भन्दा धेरै कलाकारहरुको साथै साहित्यकारहरुको धमाकेदार साङ्गीतिक एवं साहित्यिक प्रस्तुति रहने परिषदका महासचिव पदम प्रसाद सिम्खडाले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।
उनले शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था तथा बैचारिक संस्थाहरुका प्रमुख एवं प्रतिनिधि, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायीहरु, मिडियाकर्मी, पत्रकारहरुको साथै कलाकार, साहित्यकार सबैलाई पत्राचार गरि सकिएको र कार्यक्रमको लागि आवश्यक पुर्व तयारी अन्तिम चरणमा पुगेको बताउदै कारणबस पत्र छुटेको अथवा नपाएको भएमा यसै समाचारलाई आधार मानी उपस्थित भइ दिन सम्पुर्ण दोहाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई अनुरोध पनि गरेका छन् ।
कार्यक्रममा सहभागी हुन र दर्शकहरुको सहजताको लागि दोहाको मुन्ताजा पार्क, सनैयाको लालीगुराँस रेस्टुरेन्टको अगाडी,अलतिया, होम साइड, अलखोर लुलुको अगाडि लगायतको ठाउँहरु बाट यातायातको पनि व्यवस्था रहेको छ भने यातायात सम्बन्धि थप जानकारीको लागि यातायात संयोजक लिला नाथ घिमिरे मोबाइल नम्बर ५५९७ ६८६८ मा सम्पर्क गर्न सकिने पनि आयोजक समितिले बताएको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्