प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनयमा हेर्नुस् भिडियो सहित 

वायु प्रधुशन
nepalijanatakhaba

अमेरिका : नेपाली संगीतमा लामो समयदेखी आफ्नो योगदान दिंदै आएका गायक,संगीतकार प्रेम सेन्चुरीले आफ्नो नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक गरेका छन्। प्रेम र भावनाको गहिरो स्पर्श रहेको यस गीतले नेपाली संगीतको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

 

यस गीतमा प्रेम सेन्चुरी र सञ्जिता बराल को सुमधुर स्वर सुन्न सकिन्छ भने डीपी खनाल द्वारा लेखिएको गीतमा राजु सिंह ले उत्कृष्ट संगीत भरेका छन् साथै बिमल बुढाथोकी ले संगीत संयोजन गरेका छन्।

 

गीतको भिडियो: प्रेमको कथा र सुन्दर दृश्य

‘माया सारिदेऊ’ गीतको भिडियोले प्रेमका विभिन्न पक्षहरूलाई मनछुने ढंगले प्रस्तुत गरेको छ। भिडियोमा मुख्य भूमिकामा बिक्की पुलामी र अस्मिता जुरेली रहेका छन्। समुद्री किनारको मनमोहक दृश्य, अस्ताउँदो सूर्यको सौन्दर्य, प्रेमी- प्रेमिका बीचको भावनात्मक सम्बन्धलाई भिडियोमा आकर्षक रूपमा चित्रण गरिएको छ।

 

भिडियोको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका छन्, जसले गीतलाई भावनात्मक गहिराइ दिन सफल भएका छन्। सम्पादनको जिम्मा निशान घिमिरे ले लिएका छन्, जसले दृश्यलाई थप जीवन्त बनाएका छन्।प्रेम सेन्चुरी युट्युब च्यानलबाट प्रकाशित गीतको भिडियो ५ मिनेट ३२ सेकेण्डको रहेको छ भने गीतको अडियो Amazon Music, iTunes Store, Apple Music, Spotify, TikTok, आदि लगायत अन्य डिजिटल माध्यममा पनि ऊपलब्ध रहेको छ ॥

 

प्रेम सेन्चुरीको सांगीतिक यात्रा र योगदान

 

गायक प्रेम सेन्चुरी नेपाली संगीत उद्योगका एक अनुभवी गायक हुन्। आफ्नो सांगीतिक यात्रामा उनले दर्जनौं उत्कृष्ट गीतहरू दिएका छन्, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याएको छ। उनका गीतहरूमा मौलिकता, भावना, र गहिरो संगीत संयोजन पाइन्छ, जसले श्रोताको मन छुन सफल भएको छ।

उनको पछिल्लो गीत ‘माया सारिदेऊ’ प्रेमको विभिन्न आयामहरूलाई उजागर गर्ने खालको छ। गीतमा समर्पण, चाहना, र संवेदनशीलतालाई सुन्दर शब्द तथा संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ।

 

 

हेर्नुस् भिडियो

nepalijanatakhabar

समबन्धित समाचार