काठमाडौँ । पोखरामा आयोजना गरिएको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई काठमाडौँ ल्याइएको छ। हेलिकप्टरमार्फत उनलाई काठमाडौँ ल्याइएको हो।
उनी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ। यसअघि, सोही घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ।
प्रतिक्रिया दिनुहोस्