सभापति देउवाले जलवायु परिवर्तनविरुद्ध गैरसरकारी संस्थाहरूको भूमिकामा जोड

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर न्यून गर्न गैरसरकारी संस्थाहरूले सक्रिय रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालमा जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा गैरसरकारी संस्थाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

 

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमालहरू क्रमशः नाङ्गिदै गएका छन्, जसले वातावरणीय सन्तुलनमा ठूलो असर पार्न सक्छ। यस्तो अवस्थामा, गैरसरकारी संस्थाहरूले सामुदायिक स्तरमा सचेतना फैलाउनेदेखि लिएर व्यक्तिगत पहलकदमीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

 

सभापति देउवाले गैरसरकारी संस्थाहरू स्थानीय नागरिकको आवश्यकताअनुसार केन्द्रित हुनुपर्नेमा पनि जोड दिए। कांग्रेसले आगामी दिनमा गैरसरकारी संस्थाहरूको भूमिका प्रभावकारी बनाउने र विदेशबाट आउने सहयोगलाई स्थानीय आवश्यकतामा लक्षित गरी परिचालन गर्न नीतिगत व्यवस्थामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

 

त्यसैगरी, उनले नेपालको सामाजिक विकासमा गैरसरकारी संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै, यस्ता संस्थाहरूले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेकोबताए।

 

सम्बन्धित समाचार