नेकपा (एमाले) का नेता सूर्य थापालाई पत्रकारले ‘तपाईं हनुमान हो?’ भनेर सोध्दा भयो हंगामा

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं, ५ फागुन – नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले केही पत्रकारहरू नियोजित रूपमा प्रश्न सोध्ने गरेको आरोप लगाएका छन्।

 

आज (सोमबार) प्रतिनिधि सभामा बोल्दै उनले पत्रकारहरूले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधानको ख्याल नगरी प्रश्न गर्ने गरेको बताए। हिजो संसद् बैठकपछि बाहिरिने क्रममा एक पत्रकारले प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो?’ भनेर सोधेको र आफूलाई ‘तपाईं हनुमान हो?’ भनेर प्रश्न गरेको उनले उल्लेख गरे।

 

‘यस्तो नियोजित रूपमा आरोप लगाउने प्रश्न सोध्न मिल्छ? म आफैंले यस्तो भोगेको छु, र प्रधानमन्त्रीज्यूलाई सोधिएको प्रश्नले मेरो ध्यान आकर्षण गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू संसद्को प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा ‘तपाईं हिटलर हो?’ भनेर सोधियो। नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ? संसद् सचिवालयबाट अनुमति पाएका पत्रकारहरूले कानुन, संविधान, आचारसंहिता र सामाजिक शिष्टाचारको ख्याल नगरी यस्तो गैरजिम्मेवार प्रश्न गर्न मिल्छ?’

 

उनले थपे, ‘मिडिया व्यवस्थापन गर्न आवश्यक छ। संविधान, कानुन र पत्रकार आचारसंहिता अनुसार यसलाई व्यवस्थित गर्नुपर्छ। एक पत्रकारले मसँग माइक तेर्स्याउँदै ‘तपाईं हनुमान हो?’ भनेर सोधे। सांसदहरूलाई यस्ता प्रश्न गर्न मिल्छ? यो गम्भीर विषय हो, सबैको ध्यान जानुपर्छ।’

 

त्यस्तै, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सांसदहरूले प्रश्न सोध्ने अधिकारको दुरुपयोग गर्दै प्रधानमन्त्रीलाई नियोजित रूपमा प्रश्न गरिएको आरोप लगाए।

 

nepalijanatakhabar

समबन्धित समाचार