दलित एकता संजाल कतारद्वारा गायक डम्बर नेपाली सम्मानित….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- दलित एकता संजाल नेपाल, राष्ट्रिय समन्वय समिति कतारद्वारा गायक तथा सङ्गीतकार डम्बर नेपाली सम्मानित भएका छन् । ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को कतार अडिसनमा निर्णायकको जिम्मेवारी सम्हाल्न कतार आइपुगेका नेपाली लाई संजालले गत शनिबार साँझ एउटा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । 

संजालका अध्यक्ष प्रकाश विश्वकर्माको सभाध्यक्षता र गायक डम्बर नेपालीकै प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मार्फत उनलाई तिन दशकभन्दा लामो समयदेखि आफूलाई गीतसंगीतको क्षेत्रमा समर्पण गर्दै गीतसङ्गीतकै माध्यमबाट दलित समुदायको लागि विशेष योगदान पुर्याएको भन्दै दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मान ग्रहण पश्चात् आफ्नो मन्तव्य राखेका गायक नेपालीले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै समाजमा अहिले पनि कहिँ न कहिँ जातीय विभेद रहेको र त्यस बिषयमा आफू जानकार रहेको बताए । नेपालीले थप बोल्दै आफ्नो जात धर्म र कर्मप्रति गर्व गर्नुपर्ने विचार व्यक्त गर्दै नेपाली गीतसंगीतको क्षेत्रमा प्राबिधिक पाटोदेखि सबै ठाउँमा दलितहरुकै बाहुल्यता रहेको तर व्यवस्थित नभएकोले यसलाई व्यवस्थित र व्यबहारिक बनाउनको निमित्त दलित समुदायहरू बीच एकताको आवश्यकता रहेको बताए । 

संजालका महासचिव अमृत बिश्वकर्माले सहजीकरण गरेका सम्मान कार्यक्रममा बोलेका सबै वक्ताहरूले विश्व २१ औं शताब्दीमा चलिरहँदा पनि समाजमा छुवाछुत व्याप्त रहेको बताउँदै सामाजिक रूपमा सहज जीवन यापन गर्न पनी विभेदको सिकार हुनु परेको प्रति चिन्ता व्यक्त गरेका थिए भने संजालका वरिष्ठ उपाध्यक्ष विमल परियारले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।

भेटघाट तथा सम्मान कार्यक्रमको अन्तमा सभाध्यक्ष विकले देशमा हुने आमूल परिवर्तनमा विशेष गरि गीतसंगीत र कलाकारको महत्त्वपूर्ण भूमिका रहने हुँदा कलाकारहरूले पनि आधुनिक शैलीमा हुने विभेदप्रति गीतसंगीत मार्फत सचेतना फैलाउन आवश्यक रहेको बताए भने सम्मान कार्यक्रममा नेपालीले आफ्ना मेरो जीवन बाट जाने भए जाउ, बिग्रेको मान्छे म भत्केको घर लगायतका हिट गीतहरू गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार