अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रिय अध्यक्षमा रामेछापका अरुण अधिकारी…

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम केन्द्रिय अधिवेशन गत शनिबार बैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

अधिवेशनले रामेछापका अरुण अधिकारीको नेतृत्वमा २०२५ – २०२७ कर्यकालको लागि ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । विश्वभरका नेपाली सेफहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ स्थापना भएको सेफ सोसाइटीले वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह-सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सहकोषाध्यक्षमा हरिराज घिमिरे सर्वसम्मत चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा उद्धव श्रेष्ठ, फणीन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।

त्यस्तै संस्थाका बोर्ड सदस्यहरुमा लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शंखवीर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, विमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाश बुढाथोकी, बेदप्रसाद अधिकारी रहेका छन् ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै पाण्डेले नवगठित कार्यसमितिका अध्यक्ष अरुण अधिकारी लगाएत सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । मन्त्री पाण्डेले बिश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दुतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न पनि आग्रह गरेका छन् ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको आफ्नै संस्थागत गित समेत लोकार्पण भएको छ । उक्त गीतका शब्दहरु नेपाली मौलिक खानाको पहिचान र प्रवर्द्धनका विषय समेटिएका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले सोसाइटीले विश्वभरि फैलिएका नेपाली सेफहरुलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, गुणस्तर अभिवृद्धि र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धता पूर्वक कार्य गर्ने बताए ।उनले थप बोल्दै हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफको क्षमता अभिवृद्धिमा योगदान दिदै नेपाली खानालाई विश्व व्यञ्जनमा स्थापित गर्न लागि पर्ने समेत बताएका छन ।

३६ भन्दा बढी देशमा कार्यरत नेपाली सेफहरू सहभागी कार्यक्रममा सोसाइटीकै आयोजनामा एकातर्फ औपचारिक तथा सांस्कृतिक झाँकी सहितको कार्यक्रम हुँदै गर्दा सोहि स्थानमा अर्कोतर्फ भब्य रुपमा फुड महोत्सव चलिरहेको थियो । महोत्सवमा ५० वटा स्टलहरु मध्य ४० वटामा खानाको र ५ वटामा रैथाने बाली नालीहरु प्रदर्शनमा राखिएको थियो । खानाका स्टलहरुमा विभिन्न जात जातिको पहिचान झल्कने खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदिको परिकारहरु राखिएको थियो । भेलामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड साङ्गीतिक प्रस्तुति सङ्गै नेपाली मौलिक राष्ट्रिय संगीतकर्मी संघ, रसुवा कार्यसमितिको तर्फबाट स्याप्रु नाच प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार