काठमाडौं। अदालतको अवहेलना सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित स्पष्टीकरण मागेको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापासँग लिखित जवाफ माग्न आदेश दिएको हो।
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरेका थिए।
गगन थापाले गएको बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्चले निर्णय नगरी रोकिरहेको आरोप सार्वजनिक रूपमा लगाएका थिए।
प्रतिक्रया दिनुहोस्