तमु (गुरुङ) समाज कतारको ११औं अधिवेशन शुक्रबार हुने….

 

दोहा कतार- तमु (गुरुङ) समाज कतारको ११औं अधिवेशन आगामी शुक्रबार अर्थात २ मे २०२५ को दिन हुने भएको छ ।

नेपालबाट आमन्त्रित नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि हुने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, मिडियाकर्मी, पत्रकारहरु सम्पुर्णलाई पत्राचार गरि सकेको र कार्यक्रमको अन्तिम तयारी समेत पूरा भइ सकेको समाजकी अध्यक्ष टौमाया गुरुङले नेपाली जनता खबरलाई जानकारी गराएकी छिन ।

गुरुङले उपस्थित भएर अधिवेशन कार्यक्रम सफल बनाउन सहयोग गरिदिन सबै दोहाबासी नेपालीहरुलाई अनुरोध गर्दै तमु (गुरुङ) समाजको नयाँ सदस्यता लिन इच्छुक महानुभावहरुको लागि सदस्यता फारम पनि खुल्ला गरेको बताएकी छिन भने सदस्यता समाजको मातहत भित्र रहेका विभिन्न समितिहरु तमु साँस्कृतिक परिवार, तमु प्ये ताँ ल्हु ताँ समिति, महिला विभाग, तमु खेलकुद समिति, पश्चिमाञ्चल सम्पर्क समिति र पुर्वाञ्चल सम्पर्क समिति मध्य आफुलाई इच्छा लागेको समितिको मात्रै सदस्यता लिन पनि सकिने बताएकी छिन ।

तमु (गुरुङ) समाज “तमुहरुको एकता आजको आवश्यकता” भन्ने मुल नारा सहित कतारमा सन् २००४ मा स्थापना भएको हो “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने स्लोगन रहेको समाजले स्थापना कालदेखि हालसम्म स्लोगन अनुसार कै विभिन्न सामाजिक कार्यहरु सङ्गै नेपाली भाषा, धर्म, कला संस्कृति र हर्ष उल्लासका साथ चाडपर्व बिशेष साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

समबन्धित समाचार