(जिफन्ट) ले काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवस यसरी मनाउँदै।

nepalijanatakhaba

काठमाडौं — नेकपा एमालेनिकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ।

 

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकामा रहेको जिफन्टका कमिटीहरूको सहभागितासहित दिवस मनाइएको हो। कार्यक्रममा श्रमिकका हक र अधिकारको माग गर्दै विभिन्न नारा लगाइएका थिए।

 

‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध आवाज उठाऊ, श्रमिक महिलाको पहिचान, मान्यता र सुरक्षा सुनिश्चित गर’ जस्ता सन्देशसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो।

 

हरेक वर्ष मे १ तारिखमा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। नेपाल सरकारले यस दिन सार्वजनिक बिदा दिने गरेको छ।

 

सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा सुरु भएको ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन, ८ घन्टा विश्राम’ भन्ने नारासहितको श्रमिक आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

समबन्धित समाचार