रामेछाप: रामेछाप नगरपालिका–४ स्थित हिमगंगा धारापानी बसेरीमा आज शनिबार बिहान करिब १०:४५ बजे सुमो गाडी दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित तीन जना यात्रु सामान्य घाइते भएका छन्।
घाइते हुनेमा करिब ४५ वर्षीय चालक राम बहादुर श्रेष्ठ, ४३ वर्षीय ढक बहादुर श्रेष्ठ र ४५ वर्षीय डोर बहादुर श्रेष्ठ रहेका छन्। उनीहरूको धारापानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किएको प्रहरी चौकी साँघुटारले जानकारी दिएको छ।
धारापानी बसेरीबाट वडा नं. ३ साँघुटारतर्फ जाँदै गरेको ना. १ ज ६९८८ नम्बरको सुमो गाडी चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रया दिनुहोस्