पर्वत समाज कतारद्वारा दिपकको परिवारलाई आर्थिक सहयोग…..

nepalijanatakhaba

दोहा कतार – पर्वत समाज कतारले उपचारको क्रममा गत फागुन ८ गते कतारमा निधन भएका दिपक परियारको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पर्वत समाजको आजीवन सदस्य समेत रहेका फलेवास नगरपालिका–५ खानीगाउँ निवासी मृतक परियारको परिवारलाई नगर प्रमुख गंगाधर तिवारी र उप–प्रमुख शोभा कुमारी क्षत्रीको उपस्थितीमा पर्वत समाज कतारका संरक्षक एवं अन्तर्राष्ट्रिय पर्वत समाजका कार्यसमिति सदस्य नन्दलाल बिश्वकर्मा (अजय) ले सोमबार सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । पर्वत समाज कतारको तर्फबाट संकलित ५४ हजार ८ सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रिय पर्वत समाजको तर्फबाट प्राप्त ५० हजार गरि एकमुष्ट १ लाख ४ हजार ८ सय ३४ रुपैयाँ वडा अध्यक्ष नारायण लामिछानेलाई हस्तान्तरण गरिएको पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको छ ।

स्वर्गीय परियारको छोरीहरु नावालिक रहेको र एकाघरका अभिवावक नभएकोले वडा अध्यक्ष र नजिकका नातेदारको संरक्षकत्वमा समाजले हस्तान्तरण गरेको सहयोग रकम संयुक्त बैंक खातामा जम्मा गरिने भएको छ । समाजका अध्यक्ष क्षत्रीले समाजले आन्तरिक रुपमा सञ्चालन गरेको अभियानमा सहभागी व्यक्ति, अन्तर्राष्ट्रिय पर्वत समाज, गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

त्यसैगरी समाजले संस्थाका आजीवन सदस्य तथा भलिवल खेलाडी सौगात सुनुवारलाई पनि सहयोग गरेको छ । सुनुवारका बुबा लडेर घाइते भएकाले उपचारमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक रुपमा संकलन गरिएको ३५ हजार २ सय ७६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

समबन्धित समाचार