मलेसिया: थामी भाषा, धर्म, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल थामी समाज, मलेसियाले सन् २०२५ जुन ८ (आइतबार) मा पहिलो ऐतिहासिक प्रवासी भेला २०८२ आयोजना गर्न लागेको छ।
मलेसियामा रहेका सम्पूर्ण थामी (थाङ्मी) दाजुभाइ दिदीबहिनीलाई यस भेलामा सहभागी हुन नेपाल थामी समाज, मलेसियाले हार्दिक आमन्त्रण गरेको छ।
यो कार्यक्रम थामी समुदायको एकता, गौरव र पहिचानलाई अझ बलियो बनाउने ऐतिहासिक कदमको रूपमा लिइएको छ।
कार्यक्रम गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोरबारु को सभाहलमा दिउँसो १२ बजेबाट सुरु हुनेछ।
आयोजक समितिका अनुसार सबै थामी समुदायका सदस्यहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ।
प्रतिक्रया दिनुहोस्