कतारमा रहेका किरातीहरुले मनाउने भए शालिवा श्यादर पीदार/साकेला उभौली…..

nepalijanatakhaba

दोहा,कतार- किरातीहरुको महान चाड शालिवा श्यादर पीदार / साकेला उभौली- ५०८५ कतारमा रहेका किरातीहरुले पनि मनाउने भएका छन ।

सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोख्खा शाखा कतार आबद्ध किरात मुल समारोह आयोजक समिति कतारले आगामी १६ मे, २०२५ शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा एउटा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि शालिवा श्यादर पीदार / साकेला उभौली-  ५०८५ मनाउन लागेको हो। कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्था, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष कमल बिक्रम सुनुवारले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

उभौली चाड किराँती रितीरिवाज अनुसार बैशाख पुर्णिामा देखि प्रकृतिलाई पुजा गरि सुनुवार र राईहरुले साकेला शिली एवं लिम्बु र याख्खाहरूले च्याब्रुङ नाच नाच्दै १ महिना सम्म मनाउने गर्दछन । अन्नबाली लगाउने समयमा मनाइने यो चाड विशेषगरी बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गरून् भन्ने कामनाका साथ धुमधाम सङ्ग मनाउने गरिन्छ ।

शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै आयोजक समितिले उपस्थिति भएर कार्यक्रम भब्य सफल पारिदिन सम्पुर्ण दोहाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई अनुरोध पनि गरेका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

समबन्धित समाचार