मलेसियामा अवैधानिक भएर बसेका हरुले ५०० रिंगेट जरिवाना तिरेर स्वदेश फर्कन पाइने।

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर (मलेसिया): मलेसिया सरकारले अवैधानिक रूपमा बसेका विदेशी कामदारहरूलाई स्वदेश फर्कन दिने ‘पलाङ बुङ्कुस रिहा कार्यक्रम २.०’ (PRM 2.0) फेरि सुरु गर्ने भएको छ। यो योजना आउँदो सोमबारदेखि लागू भई २०२६ अप्रिल ३० सम्म चल्नेछ।

गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले बताएअनुसार, यो योजनाअन्तर्गत मलेसियामा अवैध रूपमा बस्दै आएका विदेशीहरू (PATI) नजिकको अध्यागमन कार्यालयमा गई ५०० रिंगेट जरिवाना तिरेर स्वेच्छाले आफ्नो देश फर्किन सक्नेछन्। यस्तो प्रक्रियामा डर या दबाब नहुने उनले स्पष्ट पारे।

 

गृहमन्त्रीले भने, “अब जसले भिसा नलिई बसेका, काम गरिरहेकै बेला ओभरस्टे भएका वा अध्यागमनद्वारा जारी पासको म्याद सकिएर अवैधानिक बनेका छन्, उनीहरू सबैले ५०० रिंगेट तिरेर स्वदेश फर्कन पाउनेछन्।”

यस्तै, यदि कसैले आफ्नो भिसाको सर्त उल्लङ्घन गरेको पाइयो भने, जस्तै पर्यटक भिसामा आएर काम गरेको जस्ता केसमा, त्यस्ता व्यक्तिले ३०० रिंगेट जरिवाना तिर्नुपर्नेछ।

यो योजनाबाट मलेसियामा अवैधानिक रूपमा बसिरहेका नेपाली श्रमिकहरू पनि लाभान्वित हुनेछन्। उनीहरूले पासपोर्ट वा ट्राभल डकुमेन्ट लिएर नजिकको अध्यागमन कार्यालयमा गई जरिवाना तिरेर नेपाल फर्किन सक्नेछन्।

nepalijanatakhabar

समबन्धित समाचार