दोहा कतार- स्याङ्जा सहयोग समाज कतारको २०औं वार्षिकोत्सब तथा २१औं स्थापना दिवस विशेष बृहत् साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
समाजले स्याङ्जा जिल्लामा रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ शुक्रबार अल लक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब तथा स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा आएका चर्चित लोक तथा दोहोरी गायक, मोडेल पशुपति शर्मा, लोकप्रिय लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकालको साङ्गीतिक प्रस्तुतिले सङीतमय बनेको माहोलमा उपस्थित अतिथि तथा दर्शकहरु झुमेर नाचेका थिए ।
समाजका अध्यक्ष घनध्याम अर्यालको सभापतित्व तथा गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा बिधिगत रुपमा नेपाली पञ्चेबाजालाई पुजा गरि राष्ट्रिय गान बजाएर समुद्धंघाटन गर्दै स्थापना दिवसको केक काटेर अघि बढेको कार्यक्रममा कार्यक्रम संयोजक शिवराम ढकालले स्वागत मन्तव्य राखेका थिए भने कतारमा रहेर पनि नेपाली कलाकारितामा निरन्तर लागिरहेकी कलाकार सुधा परियारले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति सकेपछि नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक गायक रामचन्द्र पौडेल आफ्नो प्रस्तुतिको लागि स्टेजमा देखिएका थिए । ढकालले चौबन्दी चोली,मायामा फसियो लगायतका केही सालैजो भाकाहरु प्रस्तुत गरेका थिए । ढकालको प्रस्तुति पश्चात् लगतै पशुपति शर्मा मलाई कतार पनि यही भन्दै दर्शकलाई निकै आकर्षित पार्दै स्टेज चढेका थिए । शर्माले लाउथे बरै पिरती, यसै त डल्ली, स्याङ्जा जाने बाटोमा तनहु जस्ता चर्चित आधा दर्जन गीतहरु गाउदा हलमा उपस्थित दर्शकहरुले वान्च मोरको हुटिङ गर्दै साथ दिएका थिए ।
कार्यक्रमको अन्त्यतिर नेपाली लोक क्षेत्रकी सदावहार हस्ती लोकप्रिय गायिका शर्मिला गुरुङले आफ्नो सागिंतिक प्रस्तुति दिन कतारसम्म आउन सहजीकरण गरिदिने स्याङ्जा सहयोग समाजलाई धन्यवाद व्यक्त गर्दै आफ्नो पहिलो प्रस्तुति स्वरुप राम्दी पुल तरने बितिकै भन्ने बोलको गित गाइन। गुरुङले गाइरहँदा हलको माहोल फरक बन्यो भने गुरुङले तिम्रो माया न भाको कहाँ होर, कति राम्रो फुलेको थुङ्गां जस्ता मार्मिक गितहरु गाएर सबैलाई मन्त्रमुग्द बनाएकी थिइन ।
केही सिमित ब्यक्तिहरुको शुभकामना मन्तव्य मात्रै रहेको साँस्कृतिक कार्यक्रममा चेलीबेटी तथा दाजुभाईको सम्बन्धलाई थप बलियो बनाउने र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्धेश्यका साथ तमु गुरुङ समाज कतारले स्याङ्जा सहयोग समाजलाई कोशेली समेत प्रदान गरेको थियो भने कार्यक्रममा सहयोगीको रुपमा रहेका स्पोन्सर, अतिथी कलाकार, विशिष्ट अतिथी लगायत कार्यक्रमका प्रमुख अतिथी राज रेग्मीलाई स्टेजमै सम्मान गरिएको थियो ।
प्रमुख अतिथी रेग्मीले आफ्नो मन्तव्य बोल्दै समाजले जुन उद्देश्यका साथ आयोजना गरेको सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिएर आगामी दिनमा थप राम्रा काम गर्नेछ भन्ने बिश्वास समेत व्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा सभापति अर्यालले कार्यक्रमलाई भब्यता साथ सप्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्