रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट आज पनि हेर्दा हेर्दैमा

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा राखिएको छ।

 

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो। लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैका कानुनी प्रतिनिधिहरूको बहस सकिएको छ भने सरकारी वकिलको तर्फबाट पनि बहस समाप्त भइसकेको छ। अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ। त्यसपछि जवाफी बहस हुने र त्यसपछि मात्र आदेश आउनेछ।

 

यसअघि मंगलबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको तर्फबाट बहस गर्दै गर्दा समय अभावका कारण मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ सम्भव भएन। तर आज बिहीबार श्रेष्ठले आफ्नो बहस पूरा गरेका छन्।

 

श्रेष्ठको बहसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए।

 

हाल रवि लामिछाने र छविलाल जोशी दुवैजना भैरहवा, रुपन्देहीस्थित कारागार कार्यालयमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

 

बुटवलको सुप्रिम सहकारी घोटाला मामिलामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएको थियो। यसविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा पुनः निवेदन दिएका छन्, र अहिले यी दुवै रिटहरूको सुनुवाइ एकैपटक भइरहेको छ।

nepalijanatakhabar

समबन्धित समाचार